काठमाण्डौं ।
रामेछापको धोबिला बजारलाई आधार बनाई निर्माण गरिएको नयाँ लोकसाँगीतिक भिडियो सार्वजनिक भएको छ । गीतमा चित्रा बहादुर तामाङ र कोपिला वाइबा तामाङको सुमधुर स्वर सुन्न पाइन्छ भने, गीतको शब्द कल्पना तामाङले लेखेकी हुन्। संगीत संयोजन तथा निर्देशनमा चित्रा बहादुर तामाङ आफैंले गरेका छन । कर्शाङ लामाले संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ गरेका छन्, जसले परिजात नेपाल स्टुडियोमा गीतको अडियो सम्पादन गरिएको हो ।
ह्युलसाङ मिडिया ग्रुपद्वारा प्रस्तुत भिडियोको निर्देशन पनि चित्रा बहादुर तामाङकै रहेको छ। कोरियोग्राफीमा कमला जोशीको परिश्रम देखिन्छ भने, मुख्य कलाकारको रूपमा पृथम वाइबा तामाङ र जेनिशा लामा तामाङले अभिनय गरेका छन्।
भिडियो छायांकन एकान्त मगर र निश्छल लिम्बुले गरेका छन् भने सम्पादन तथा रंग संयोजन पनि एकान्त मगरले नै गरेका हुन्। मेकअप आर्टिस्टको रूपमा सुनिता लामाको भूमिका उल्लेखनीय छ। यस गीतले रामेछाप क्षेत्रको मौलिक संस्कृति र सौन्दर्यलाई उजागर गर्दै दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। स्थानीय प्रतिभाहरूको प्रस्तुति र मेहनतले नेपाली लोकसंगीत क्षेत्रमा नयाँ उत्साह थपेको देखिन्छ।
गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।