सुन्दरहरैंचा(मोरङ) : मोरङको सुन्दरहरैंचा नगरपालिका–३ गछियामा रहेको साथी कम्प्युटर लर्निङ सेन्टरले आगामी शैक्षिक सत्र २०८३ का लागि भर्ना खुला गरेको छ। संस्थाले नयाँ सत्रलाई लक्षित गर्दै विद्यार्थीहरूलाई आकर्षित गर्ने उद्देश्यले आधुनिक सुविधा, गुणस्तरीय शिक्षण प्रणाली तथा विशेष छुटको व्यवस्था गरेको जनाएको छ। संस्थाद्वारा सार्वजनिक गरिएको सूचना अनुसार वैशाख १ गतेसम्म भर्ना लिने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था गरिएको छ भने कक्षा सञ्चालन वैशाख ११ गतेदेखि सुरु हुने बताइएको छ। साथै, विद्यार्थीहरूको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बिहान र बेलुकी दुवै सिफ्टमा कक्षा सञ्चालन गरिनेछ। विशेषगरी “कम्प्युटर रिपेयरिङ” सम्बन्धी कक्षाहरूलाई प्राथमिकतामा राख्दै छुट्टै कक्षा सञ्चालनको व्यवस्था गरिएको साथी कम्प्युटर लर्निङ सेन्टर ले जनाएको छ। यसले प्राविधिक शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि थप अवसर सिर्जना गर्ने विश्वास लिइएको छ। संस्थाका अनुसार २०८२ सालमा हासिल गरेको सफलतापछि यस वर्ष अझ आधुनिक प्रविधि, दक्ष शिक्षक र प्रभावकारी शिक्षण विधिसहित विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा केन्द्रित रहने योजना बनाइएको छ। साथी कम्प्युटर लर्निङ सेन्टरले सबै विद्यार्थी तथा अभिभावकहरूलाई समयमै भर्ना सुनिश्चित गरी बिहान वा बेलुकीको उपयुक्त सिफ्ट रोज्न आग्रह गरेको छ। गुणस्तरीय शिक्षा र व्यवहारिक सीप प्रदान गर्ने लक्ष्यसहित संस्था आगामी दिनमा अझ प्रभावकारी ढंगले अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया