विराटनगर । प्रतिनिधिसभा सदस्य पदको निर्वाचन आज सम्पन्न भएको छ। निर्वाचन सकिएसँगै विभिन्न स्थानमा मतगणनाको तयारी तीव्र पारिएको छ।
मोरङ जिल्लाका विभिन्न निर्वाचन क्षेत्रको मतगणना अलग–अलग स्थानमा सञ्चालन गरिनेछ। क्षेत्र नं १ को मतगणना उर्लाबारी नगरपालिकामा हुनेछ। त्यसैगरी क्षेत्र नं २ को मतगणना सिजुवास्थित विश्वनाथ मन्दिरमा गरिनेछ।
क्षेत्र नं ३ को मतगणना बेलवारीको भगवती माध्यमिक विद्यालयमा हुने तय भएको छ भने क्षेत्र नं ४ को मतगणना विराटनगरस्थित जनता नमूना माध्यमिक विद्यालयमा गरिनेछ।
यसैगरी क्षेत्र नं ५ को मतगणना विराटनगरमा रहेको सुनसरी–मोरङ सिँचाइँ आयोजनाको परिसरमा हुने छ । क्षेत्र नं ६ को मतगणना पनि विराटनगरकै आदर्श माध्यमिक विद्यालयमा सञ्चालन गरिने जिल्ला निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।




