मेष
आज अनावश्यक विवादमा पर्ने सम्भावना छ, त्यसैले संयम अपनाउनुहोस् । यात्रा गर्दा विशेष सावधानी आवश्यक छ । आर्थिक लेनदेनमा समस्या आउन सक्छ । व्यापारमा सामान्यभन्दा कम लाभ हुन सक्छ । कृषि, पशुपालन तथा घरायसी काममा समय खर्चिनु पर्ने देखिन्छ ।

वृष
सामाजिक प्रतिष्ठा र मान सम्मानमा वृद्धि हुनेछ । साथी भाइबाट प्रशंसा पाइनेछ । अध्ययनमा सुधार आउने योग छ । जागिरमा जिम्मेवारी बढेपनि सम्मान प्राप्त हुनेछ । आर्थिक कारोबार गर्दा सचेत रहनु उपयुक्त हुन्छ ।

मिथुन
रोकिएका काम सम्पन्न हुने संकेत छ । नयाँ अवसर प्राप्त हुन सक्छ । आम्दानीका स्रोत बढ्ने सम्भावना छ । उत्साह र आत्मविश्वासमा वृद्धि हुनेछ । आकस्मिक निम्तो वा भेटघाटले दिन रमाइलो बन्नेछ ।

कर्कट
व्यवसायमा प्रगति देखिनेछ । आम्दानीका नयाँ अवसर फेला पर्न सक्छन् । पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । लगानीका विषयमा सोच विचार गरेर अघि बढ्नु राम्रो हुन्छ ।

सिंह
दैनिक कार्यमा सतर्कता आवश्यक छ । सानो गल्तीले विवाद निम्त्याउन सक्छ । खर्च बढ्ने सम्भावना भएकाले बजेटमा ध्यान दिनुहोस् । स्वास्थ्य प्रति बेवास्ता नगर्नु राम्रो हुनेछ ।

कन्या
नयाँ अवसरले उत्साह बढाउनेछ । शैक्षिक र व्यवसायिक क्षेत्रमा सकारात्मक परिणाम मिल्नेछ । आर्थिक लाभका संकेत छन् । परिवार र साथी भाइको सहयोग प्राप्त हुनेछ ।

तुला
परिश्रमको उचित फल पाइनेछ । व्यापारमा सुधार आउनेछ । सामाजिक सम्बन्ध सुदृढ हुनेछन् । धार्मिक वा आध्यात्मिक कार्यमा रुचि बढ्न सक्छ । अप्रत्याशित शुभ समाचार प्राप्त हुन सक्छ ।

वृश्चिक
छोटो दूरीको यात्रा लाभदायक रहला । अध्ययन र सिर्जनात्मक काममा ध्यान केन्द्रित गर्न सकिनेछ । परिवारको सल्लाहले महत्वपूर्ण निर्णयमा सहयोग पुर्‍याउनेछ । दिन सामान्य तर सन्तोषजनक रहनेछ ।

धनु
हतारमा निर्णय नगर्नु उत्तम हुनेछ । आर्थिक विषयमा सावधानी अपनाउनुहोस् । पारिवारिक जिम्मेवारी बढ्न सक्छ । धैर्य र सोच विचारले समस्या समाधान गर्न सहयोग गर्नेछ ।

मकर
दीर्घकालीन योजना अघि बढाउन केही अवरोध आउन सक्छ । कार्य क्षेत्रमा व्यस्तता रहनेछ । पेशागत क्षेत्रमा सम्मान मिल्ने संकेत छन् । समय व्यवस्थापनमा ध्यान दिनु आवश्यक छ ।

कुम्भ
सोच्ने क्षमता र आत्मविश्वासमा वृद्धि हुनेछ । सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ । आर्थिक पक्ष सन्तुलित रहनेछ । दाम्पत्य र प्रेम सम्बन्धमा मधुरता आउनेछ । रोकिएका काम अघि बढ्नेछन् ।

मीन
परिश्रम अनुसार उपलब्धि हात पर्नेछ । व्यापार र पेशाबाट लाभ हुने सम्भावना छ । धार्मिक तथा सामाजिक कार्यमा संलग्न हुँदा सन्तोष मिल्नेछ । साथी भाइको सहयोग प्राप्त हुनेछ ।

तपाईको प्रतिक्रिया