मेष – आजको दिन केही चुनैतीयुक्त रहला । चिताएको विशेष काममा ढिलासुस्ती हुनेछ । अस्वस्थताले राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्ने देखिन्छ । सरकारी निकायबाट हुने कडिकडाउको सिकार भइएला, सजग रहनुपर्नेछ । पतिपत्नीबीच असमझदारी बढ्ने सम्भावना छ । स्वास्थ्यगत सामान्य समस्याले सताउन सक्छ । प्रतिकुलताका बाबजुद यशवर्चश्व बढ्नेछ ।
वृष – शुभता बढेर रोकिएको काम बन्नेछ । सामथ्र्यवृद्धि होला । व्यापार–व्यवसायमा लगानी बढाउने समय छ । आफन्त, परिवारजनमा आत्मीयभाव बढ्नेछ । तथापि, जीवनसाथीलाई केही पीडा हुने योग छ । स्वास्थ्यबाधा र रोगको पहिचान हुन कठिन हुने समस्या देखिनसक्छ । बौद्धिक र रचनात्मक कार्यमा विशेष सफलता प्राप्त हुनेछ । शत्रुपक्ष परास्त हुनेछ ।
मिथुन – लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने समय छ । भौतिक साधनहरू जुट्नेछन् । कृषिउपज र पशुधनबाट पनि राम्रै फाइदा होला । नयाँ उद्योग वा विशेष काम सुरु गर्न सकिनेछ । राजनीतिक पहुँच बढ्नेछ भने कुनै नयाँ काम प्रारम्भ हुने देखिन्छ । ब्यापारबाट राम्रै धनलाभ हुनेछ दौडधुप बढेपनि आर्थिक समस्या समाधान हुनेछ । रसरागात्मक क्रियाकलापमा आकर्षण रहला ।
कर्कट – विभिन्न अवसरले पछ्याउने र सन्तान एवम् अनुयायीले पनि प्रशन्नता दिलाउने समय छ । रमाइलो भ्रमण गर्ने अवसर प्राप्त होला । पठनपाठनमा राम्रो प्रगति हुनेछ । मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट पनि केही समयलाई मुक्ति मिल्नेछ । दाम्पत्यसुख बढ्नेछ, पारिवारिक समस्याको समाधान मिल्नेछ । तर, घर–जग्गासम्बन्धी किचलोमा पर्ने तथा बन्धुबान्धवसँग असमझदारी बढ्ने योग छ, सजग रही व्यवहार गर्नुहोला ।
सिंह – आजको दिन घरखर्च बढ्नुका साथै व्यापारमा केही मन्दी आउने देखिन्छ । घरेलु समस्याले महत्वपूर्ण काममा बाधा पुग्न सक्छ । घर–जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउने योग छ । दैनन्दिन कार्यमा बाधा हुन सक्छ । प्रतिस्पर्धीहरूले ठाउँ ओगट्न सक्छन् । सबल स्वास्थ्यका लागि खानपानमा सावधानी अपनाउनुहोला । प्रतिष्ठित व्यक्तित्वसँग मित्रता बढ्ने समय छ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । साझेदारीको काम बन्नेछ ।
कन्या – आजको दिन पारिवारिक सम्बन्ध अलि कमजोर बन्न सक्छ । दैनिक क्रियाकलापमा असन्तुलन आएको अनुभूति होला । चोटपटक लग्नसक्ने या हाड–जोर्नीमा समस्या आउने योग रहेकोले हिँडडुल गर्दा, सवारीसाधनको प्रयोग र हातहतियार चलाउँदा विशेष सावधानी अपनाउनुहोला । आर्थिक समस्या समाधान हुने देखिन्छ । प्रेमभाव वृद्धि हेला । आफन्त एवम् मित्रजनको साथ मिल्नेछ । साहस बढ्नेछ ।
तुला – मुद्दामामिला तथा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्ने समय छ । प्रयत्न गर्दा अप्ठ्यारा काम सजिलै सम्पादन हुनेछन् । पराक्रम बढ्नेछ भने राम्रै धनलाभ पनि हुन सक्छ । स्वास्थ्य सबल बन्नेछ भने विभिन्न अवसरले पछ्याउन सक्छन् । प्रेमभाव बढ्नेछ । रसरागमा आकर्षण रहला । खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइने योगसमेत रहेकोले विशेष सावधानीको दरकार छ । आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ ।
वृश्चिक – आजको दिन रोकिएका काम बनी नयाँ काम सुरु हुनेछन् । व्यापारमा पनि फाइदा नै हुनेछ । तर, समयमा निर्णय लिन नसक्ता हातमा आएको अवसर गुम्न सक्छ । बहुमूल्य धातु संग्रह गरिएला । सामाजिक प्रतिष्ठा पाइनेछ । शत्रु परास्त हुनेछन् । प्रेम र मित्रताको बन्धन कसिने योग छ । पराक्रम बढ्नेछ । मिठो भोजन प्राप्त होला । बौद्धिक र रचनात्मक काममा विशेष सफलता मिल्नेछ ।
धनु – मिश्रित फलदायी समय छ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ, तर परिवारजनमा केही असमझदारी बढ्न सक्छ, सावधान रहनुहोला । राजनीतिक पहुँच वृद्धि हुने देखिन्छ । अन्धविश्वासको भरमा काम गर्नाले दुःख पाइएला । मान–सम्मानमा चोट पुग्ने सम्भावना छ, सचेत रहनुहोला । धार्मिक काममा बाधा सृजना हुन सक्छ । भूमिलगायत स्थायी सम्पत्तिको विषयमा भने केही विवाद निस्कन सक्छ, सन्तुलित व्यवहारले शान्ति दिलाउला । बौद्धिकता र रचनात्मकता बढ्नेछ ।
मकर – आजको दिन प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट हुनुका साथै मंगलमय काम सम्पादन हुने देखिन्छ । काममा आफन्तको सहयोग जुट्ला । राष्ट्रियस्तरको मानसम्मान प्राप्त हुन सक्छ । आम्दानी बढ्नाले उत्साह थपिएला । तर, आफ्नै कमजोरीले हातमा आएको राम्रो अवसर गुम्न सक्ने योग छ, सजग रहनुहोला । खराब व्यक्तित्वको संगतले मान–सम्मानमा चोट पुग्ने सम्भावना छ । स्वास्थ्य केही कमजोर रहन सक्छ ।
कुम्भ – आजको दिन सुखद समाचारले काममा उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिने समय छ । आत्मीय जनसँग भेटघाट होला । व्यवसाय र उद्योगधन्दामा राम्रै फाइदा मिल्नेछ । पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर होला । आरोग्यबल बढ्नेछ । रसराग तथा मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । बौद्धिक र कलात्मक काममा सफलता मिल्नेछ ।
मीन – दिन उल्लासपूर्ण रहला । प्रेम र मित्रताको बन्धन कसिने समय छ । व्यापार–व्यवसायमा राम्रै फाइदा हुनेछ । अनुसन्धानात्मक अध्ययन गर्नेहरूलाई विशेष फाइदाको दिन रहेको छ । यात्राबाट धनलाभ हुनसक्छ । इष्टमित्र वा बन्धुबान्धवको सहयोग प्राप्त होला । भूमिसम्बन्धी कारोबारबाट राम्रै फाइदा मिल्नेछ । आयबल बढ्नाले सुख वृद्धि हुनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।







