काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले याम्बालिङ हाइड्रोपावर र सोपान फर्मास्युटिकल्सलाई आईपीओ जारी गर्न अनुमति दिएको छ।
सेबोनले याम्बालिङ हाइड्रोलाई २८ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको छ। कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ। हाल कम्पनीमा ६० प्रतिशत सेयर स्वामित्व संस्थापकतर्फ रहेको छ। कम्पनीले सर्वसाधारणमा आईपीओ निष्कासन तथा बाँडफाँटपछि चुक्ता पुँजी ७० करोड पुग्नेछ।
सोपान फर्मास्युटिकल्सलाई ४२ करोड ९० लाख रुपैयाँ बराबरको ४२ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गर्न बोर्डले अनुमति दिएको छ। हाल ७५ प्रतिशत संस्थापक शेयर कायम रहेको कम्पनीले सर्वसाधारणमा २५ प्रतिशत सेयर जारी गर्न लागेको हो।
१ अर्ब २८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको सोपान फर्मास्युटिकल्सको सर्वसाधारणमा आईपीओ निष्कासन तथा बाँडफाँटपछि चुक्ता पुँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँ कायम हुनेछ।
सोपान फर्मास्युटिकल्सको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ। दुवै कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्कासन गर्नेछन्।





