काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमकको मुद्दति निक्षेपसम्बन्धी एयरमार्क प्रणालीमा ब्लक रिक्वेस्ट पेस गर्ने समयसीमा बढाएको छ।
प्राधिकरणले ‘बीमकको मुद्दति निक्षेपमा एयरमार्कसम्बन्धी मार्गदर्शन, २०८१’ मा संशोधन गर्दै अब मुद्दति निक्षेप खाता खोलिएको १५ कार्यदिनभित्र एयरमार्क प्रणालीमा ब्लक रिक्वेस्ट पेस गर्नुपर्ने व्यवस्था गरेको जनाएको छ। यसअघि यस्तो ब्लक रिक्वेस्ट पेस गर्ने समयसीमा ७ कार्यदिनभित्र तोकिएको थियो।
संशोधित व्यवस्थाअनुसार तोकिएको १५ कार्यदिनको अवधिपछि पेस गरिएका कुनै पनि ब्लक रिक्वेस्टमाथि कारबाही प्रक्रिया अगाडि नबढाइने प्राधिकरणले स्पष्ट पारेको छ।
प्राधिकरणका अनुसार नयाँ व्यवस्था आगामी चैत १ गतेदेखि लागू हुनेछ।





