विराटनगर / कारागार मोरङमा सजाय भुक्तान गरिरहेका एक कैदीको उपचारका क्रममा मृत्यु भएको छ। उर्लाबारी नगरपालिका–३ निवासी ३७ वर्षीय सनम तामाङको बुधबार राति १०ः४६ बजे कोशी अस्पतालमा निधन भएको कारागार प्रशासनले जनाएको छ।

श्वासप्रश्वासमा समस्या देखिएपछि मंगलबार राति उनलाई अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि काठमाडौं लैजाने तयारी भइरहेका बेला उनको मृत्यु भएको हो। लागुऔषध मुद्दामा दोषी ठहर भएका तामाङलाई जिल्ला अदालत मोरङले २ वर्ष ६ महिना कैद सजाय सुनाएको थियो।

हाल जिल्ला कारागार मोरङमा १ हजार १ सय ७५ जना कैदीबन्दी रहेका छन्, जसमध्ये १ सय २ जना महिला छन्।

तपाईको प्रतिक्रिया