कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री तथा प्रदेशसभा सदस्य राजकुमार शर्मा सांसद पदबाट मुक्त भएका छन् । नेपाली कम्युनिस्ट पार्टीले तत्कालीन नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी लगायतका दलसँग एकता गरेपछि जनार्दन शर्मा समूहमा लागेका शर्मालाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको जानकारी प्रदेशसभालाई गराएकाे थियाे ।

साे दलले गरेको निर्णयका आधारमा कर्णाली प्रदेशसभा सचिवालयले बुधबार सूचना जारी गर्दै यसको औपचारिक जानकारी दिएको हो । सचिवालयका अनुसार शर्मालाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३४ को उपदफा (१) बमोजिम पार्टीबाट निष्कासन गरिएको पत्र दर्ता भएको थियो ।

राजनीतिक दल सम्बन्धी ऐन अनुसार, जुन दलबाट निर्वाचित भएको हो । सो दलले निष्कासन गरेकाे सूचना प्रदेशसभामा विधिवत् रूपमा जानकारी गराएपछि सम्बन्धित सांसदको पद रिक्त हुने कानुनी व्यवस्था छ।

तपाईको प्रतिक्रिया