काठमाडौँ क्षेत्र नम्बर ८, वडा नं १३ का ६० बढी स्थानीय बासिन्दाहरुले सगुन दिएर स्वागत गरे काठमाडौं । काठमाडौं ८ का रास्वपाका उम्मेद्धवार विराजभक्त श्रेष्ठले घरदैलोलाई तिब्रता दिईरहेका छन् । यसैबिच बुधबार वडा नम्बर १३ को घरदैलोका क्रममा स्थानीयहरुले विधिवत सगुन प्रदान गर्दै आफ्नो टोलमा स्वागत गरेको छ । सो अवसरमा करिब ६० भन्दा बढी स्थानीयको समुहले मत माग्दै हिँडेको बिराजको समुहलाई सगुन प्रदान गरेको हो । नेवारी समुदायमा सगुन प्रदान गर्नु भनेको मनैदेखि स्वागत गर्ने भन्ने बुझिन्छ । कुनै शुभकार्य गर्नु अघि सुगुन दिनुलाई राम्रो मानिन्छ । यसअघि काँग्रेस एमालेले पालै पालो जित्दै आएको काठमाडौं ८ का चर्चित उम्मेद्धवार हुन् विराजभक्त श्रेष्ठ । २०७९ को निर्वाचनमा उनले १० हजार १०५ मत प्राप्त गरी विजयी भएका थिए । उक्त क्षेत्रका मतदातका माझमा विराजले रास्वपको लहरपछि झनै चर्चा लोकप्रियता र साथ पाईरहेको स्थानीय मतदाताहरु बताउँछन् । शान्त र मिजाशिलो स्वभाव नै बिराजको सबैको मन जित्ने पहिलो आधार हो । अर्को आधार अघिल्लो पटकको बिजेता बन्नु हो । स्पष्ट बोल्न सक्ने बिराज आँफैमा अन्य नेताहरु भन्दा ग्राउण्डमा परिपक्व देखिन्छन् । काठमाडौं ८ मा अन्य दलको भन्दा बिराजको माहोल उनको पक्षमा स्पस्ट देखिन्छ ।

तपाईको प्रतिक्रिया