- – ज्याे. पं. तुलसी भारद्वाज

मेष
स्वास्थ्यमा कमजोरी देखिन सक्छ, जसले राजनीतिक तथा सामाजिक प्रभावमा कमी ल्याउन सक्छ । आमाको स्वास्थ्य प्रति चिन्ता बढ्ने संकेत छ । धनमाल हराउने, चोरी हुने वा ठगीमा परिने सम्भावना भएकाले सावधानी अपनाउनु आवश्यक छ । आँखा सम्बन्धी समस्या पनि सताउन सक्छ । विशेष अवसर प्राप्त भएपनि ईर्ष्यालु व्यक्तिहरूले बाधा पुर्‍याउन सक्छन् ।

वृष
दाजुभाइ तथा दिदी बहिनी बीच असमझदारी बढ्न सक्छ । गलत संगतबाट टाढा रहनु उचित हुनेछ । आम्दानीभन्दा बढी खर्च हुन सक्ने समय छ । लामो समयदेखि गरिएको लगानी र श्रमबाट अपेक्षित प्रतिफल कम मिल्न सक्छ । तथापि, आज प्रभावशाली व्यक्तिहरूबाट मान सम्मान प्राप्त हुने सम्भावना छ ।

मिथुन
आर्थिक समस्या क्रमशः समाधान हुने संकेत छन् । शत्रुमाथि विजय प्राप्त गर्न सकिनेछ । परिवार र मित्रजनसँग असमझदारी बढ्न सक्छ, तर व्यापारिक क्षेत्रमा फाइदा हुने दिन छ । विगतका कमजोरी सच्याउने अवसर प्राप्त हुनेछ । विशिष्ट व्यक्तिको सहयोगले विशेष अवसर र धन लाभ मिल्ने योग छ ।

कर्कट
नयाँ अवसरहरू प्राप्त हुनेछन् । मुद्दा मामिला वा कामका झमेलाबाट केही राहत मिल्नेछ । यात्रा र सवारी साधन प्रयोग गर्दा सावधानी अपनाउनु होला । अध्ययनमा खासै प्रगति नदेखिन सक्छ । आर्थिक अभावले चिन्ता बढाउन सक्छ । अधैर्यता र काम नबन्ने डरले मन अस्थिर हुन सक्छ ।

सिंह
घर जग्गा वा स्थायी सम्पत्ति सम्बन्धी विवाद आउन सक्छ । प्रतिष्ठित व्यक्तित्वसँग मित्रता बढ्नेछ । स्वास्थ्यमा ज्वरो, टाउको दुखाइ वा आँखा सम्बन्धी समस्या देखिन सक्छ । जिम्मेवारीका काम समयमा सम्पन्न गर्न कठिनाइ हुन सक्छ । सोचे अनुसार काम नबन्नाले निराशा बढ्न सक्छ ।

कन्या
घर खर्च बढ्नेछ र व्यापारमा केही मन्दी आउन सक्छ । यद्यपि, लामो समयदेखि रोकिएका काम पूरा गर्न सकिने दिन छ । आफन्तजनले कमजोरी प्रति टिप्पणी गर्न सक्छन् । ध्यान नदिँदा अवसर गुम्न सक्छ । उपहारका नाममा काम नलाग्ने वस्तु हात पर्न सक्छ ।

तुला
प्रयास गर्दा कठिन काम पनि सहजै सम्पन्न हुनेछन् । पराक्रम बढ्नेछ र धन लाभको योग छ । नेतृत्वदायी भूमिका निर्वाह गर्दै प्रतिष्ठित कार्य सम्पन्न गर्न सकिनेछ । कीर्तिमानी कामको अवसर मिल्नेछ । नयाँ कार्य आरम्भ गर्न उपयुक्त समय छ । मान प्रतिष्ठा र ज्ञान वृद्धि हुने दिन छ ।

वृश्चिक
बहुमूल्य वस्तु वा धातु सङ्ग्रह गर्ने अवसर मिल्न सक्छ । सामाजिक प्रतिष्ठा बढ्नेछ । शत्रु परास्त हुनेछन् । प्रेम र मित्रताको सम्बन्ध सुदृढ बन्नेछ । साथी भाइबाट सहयोग र फाइदा मिल्नेछ । उच्च महत्वाकांक्षाले सोचेको काम सफल बनाउन सहयोग पुर्‍याउनेछ । खर्च भएपनि लक्ष्य प्राप्ति हुनेछ ।

धनु
राजनीतिक पहुँच र प्रभाव बढ्ने संकेत छन् । तर भूमि लगायत स्थायी सम्पत्तिको विषयमा विवाद आउन सक्छ । खर्च बढ्ने र आर्थिक दबाब महसुस हुन सक्छ । विपरीत लिंगी वा हितैसी मित्रबाट सहयोग मिल्नेछ । अप्ठ्यारो परिस्थितिसँग सम्झौता गर्दा मन खिन्न रहन सक्छ ।

मकर
आफ्नै कमजोरीका कारण अवसर गुम्न सक्छ । गलत संगतले मान सम्मानमा असर पुर्‍याउन सक्छ । प्रभावशाली वा राजनीतिक व्यक्तिबाट धोका हुन सक्ने सम्भावना छ । खानपानमा विशेष सावधानी अपनाउनु होला । अवसर प्राप्त भएपनि निर्णयमा ढिलाइ गर्दा काम बिग्रन सक्छ ।

कुम्भ
व्यवसाय र उद्योगमा राम्रो फाइदा मिल्नेछ । अध्ययन, लेखन, संगीत तथा कलामा रुचि बढ्नेछ र प्रतिभाको कदर हुनेछ । लुगा, भोजन वा उपहार प्राप्त हुन सक्छ । कृषि तथा पशुपालनबाट लाभ हुने दिन छ । सरल जीवनशैलीले अरूको मन जित्न सकिनेछ ।

मीन
भूमि सम्बन्धी कार्यबाट लाभ मिल्नेछ । साथीभाइ र आफन्तको सहयोगले अप्ठ्यारा काम सहजै सम्पन्न हुनेछन् । विपरीत लिंगीबाट विशेष सहयोग वा लाभ प्राप्त हुन सक्छ । प्रेम र दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । रोकिएका काम दोहोर्‍याएर प्रयास गर्दा सफलता मिल्नेछ ।

तपाईको प्रतिक्रिया