मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साताको प्रारम्भमा रोकिएको काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ । भौतिक संसाधन जुटाउने योग छ । साताको मध्यमा कला वा साहित्यको क्षेत्रमा प्रगति हुनेछ । स्वास्थ्यले सबल रहनेछ । साताको अन्तिममा धैर्य र पराक्रमले आँटेको कार्यसम्पादन हुनेछ । कानुनी पक्ष मजबुत रहनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साताको प्रारम्भमा वैदेशिक यात्रा अलि कठिन रहेको छ । लगनशीलताले सफलता दिलाउनेछ । साताको मध्यमा व्यापार व्यवसायमा परिवारबाट सहयोग मिल्नेछ । बलभन्दा बुद्धिको उपयोगले कार्य सम्पादन गर्ने प्रयास गर्नुहोस् । साताको अन्तिममा संचित धनमा वृद्धि हुनेछ । बोली प्रभावशाली रहनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
वित्तीय संस्थाबाट लोनको प्रक्रियामा सकारात्मक संकेत देखिनेछ । व्यापार व्यवसायमा सन्तानको सहयोग मिल्नेछ । साताको मध्यमा वैदेशिक रोजगारमा सफलता मिल्नेछ । स्वास्थ्यलाई लिएर खानपिनमा ध्यान दिनुहोला । साताको अन्तिममा प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ । समाजमा मानसम्मान बन्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साताको प्रारम्भमा नोकरी वा पेशामा अधिकारी वर्गहरूबाट प्रशंसा पाइनेछ । कार्य क्षेत्रमा पिताको सहयोग मिल्नेछ । साताको मध्यमा व्यापारमा दिगो फाइदाको लागि नयाँ लगानी लगाउनुपर्ला । पढाइमा राम्रो प्रगति हुनेछ । साताको अन्तिममा उठ्नुपर्ने रकम हात लागि नहोला । पहिलाको कारोबार नमिल्नाले व्यवहारमा समस्या पर्न सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साताको प्रारम्भमा धर्म कर्ममा रुचि बढ्नेछ भने धार्मिक यात्रा सुखदायी रहनेछ । साताको मध्यमा श्रमको उचित मूल्यांकन पाइनेछ । अप्ठ्यारो परिस्थितिमा साथीभाइले राम्रो सहयोग गर्नेछन् । साताको अन्तिममा अचल सम्पत्तिको उपयोगबाट थप लाभ हुन सक्छ । विद्यार्थीहरूलाई नयाँ कुरा सिक्ने मौका मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
साताको प्रारम्भमा स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । आध्यात्मिक प्रगति हुनेछ । साताको मध्यमा मेहनतले नाम, दाम र इनाम दिलाउनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । साताको अन्तिममा भौतिक संसाधन संग्रह गर्न सकिनेछ । कार्य क्षेत्रमा विभिन्न अवसरले पछ्याउने छ भने कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साताको प्रारम्भमा साझेदारी व्यापारमा लाभ रहनेछ भने दाम्पत्य जीवन सुमधुर रहनेछ । साताको मध्यमा फजुल खर्च बढ्न सक्छ, सावधान रहनुहोला । ठूलो वस्तु पाउने मोहले हात आएको वस्तु पनि गुमाउनुपर्ला, सचेत रहनुहोस् । साताको अन्तिममा बलभन्दा बुद्धिको उपयोगले काम लिनुहोस्, सफलता मिल्नेछ । सांस्कृतिक संघ समारोह आदिमा सम्मिलित भइएला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साताको प्रारम्भमा कामको चापले जीवनशैलीमा व्यस्तता बढ्नेछ । परिस्थितिले गर्दा अध्ययनमा पछि परिनेछ । साताको मध्यमा श्रम परे पनि भविष्यको लागि सम्भावना खोजी गर्ने समय रहेको छ । जीवन साथीको सहयोगले व्यापार व्यवसायमा लाभ रहनेछ । साताको अन्तिममा सामाजिक समस्या सुल्झाउने जिम्मेवारी आउन सक्छ । सवारी साधन चलाउँदा सावधान रहनुहोला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
साताको प्रारम्भमा प्रेम र मित्रताको बन्धन कसिनेछ । उच्च शिक्षाको लागि नयाँ अवसर मिल्नेछ । साताको मध्यमा वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्नेछ । समयको गतिलाई बुझेर पछ्याउने प्रयास गर्नुहोला । साताको अन्तिममा नतिजा सच्याउन कार्य दोहोराएर गर्नुपर्ला । व्यापार व्यवसायमा राम्रो फड्को मार्न सकिनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
साताको प्रारम्भमा उपलब्धिहीन काममा समय बित्नेछ । पारिवारिक समस्या सुल्झ्याउन सकिनेछ । साताको मध्यमा मनमा परोपकारको भावना जागृत हुनेछ । आशा देखाउनेहरूले झुक्याउन सक्लान्, सचेत रहनुहोस् । साताको अन्तिममा प्रतियोगी परीक्षामा सफलता मिल्नेछ । विद्यार्थीहरूलाई परीक्षाको परिणाम सोचे अनुकूल रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
साताको प्रारम्भमा धैर्य र पराक्रममा वृद्धि हुनेछ । प्रतिफल अनिश्चित भएपनि गरिरहेको कामलाई निरन्तरता दिनुहोस् । साताको मध्यमा अरुको लागि बुद्धि वा श्रम खर्च गर्नुपर्ला । माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । साताको अन्तिममा नयाँ काम थाल्ने समय रहेको छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
साताको प्रारम्भमा सञ्चित धनमा वृद्धि हुनेछ भने आफन्तहरू मध्य रमाइलो समय व्यतीत हुनेछ । साताको मध्यमा पुरुषार्थी कामले समाजमा नाम स्थापित गराउनेछ । रोकिएको कामले गति लिनेछ । साताको अन्तिममा चिताएको काम बन्नुका साथै धनलाभ हुनेछ । जग्गा जमिनबाट राम्रो लाभार्जन गर्न सकिएला ।

तपाईको प्रतिक्रिया