सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि सुर्खेतबाट आफ्नो चुनावी ‘वाचापत्र’ सार्वजनिक गरेको छ।

पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) र उपसभापति स्वर्णिम वाग्लेले संयुक्त रूपमा सार्वजनिक गरेको उक्त वाचापत्रमा सहकारी र लघुवित्त क्षेत्रको संकट समाधानलाई मुख्य प्राथमिकता दिइएको छ।

एकीकृत बचत सुरक्षा कोषस् राज्यका तर्फबाट सुरक्षा कोष स्थापना गरी संकटग्रस्त संस्थाका साना बचतकर्तालाई प्राथमिकताका आधारमा रकम भुक्तानी दिने व्यवस्था मिलाइने भइको । त्यसैगरी लगानीको क्षेत्र परिवर्तनस् सहकारीको लगानीलाई घरजग्गा जस्ता अनुत्पादक क्षेत्रबाट हटाएर उत्पादनशील र स्थानीय सीपमा आधारित उद्यममा केन्द्रित गर्ने भएको छ । त्यस्तै स्वचालित ब्याजदरस् ब्याजदरलाई ‘बेसरेट’ सँग जोडेर स्वचालित प्रणाली लागू गर्ने र सहकारीलाई पनि कर्जा सूचना केन्द्रमा आवद्ध गर्ने रहेको छ ।

रास्वपाले देशको समग्र अवस्था सुधार्न प्रस्तुत गरेका सय आधारहरूमध्ये सहकारी समस्या समाधानलाई २९, ३० र ३१ औँ बुँदामा समेटेको छ।

वाचापत्रका मुख्य बुँदाहरू
थुनेर होइन, सुनेर समाधान सहकारी सञ्चालकलाई जेल पठाउनुभन्दा बचतकर्ताको पैसा फिर्ता गराउनुलाई रास्वपाले मुख्य उद्देश्य बनाएको छ। बचत फिर्ता गर्न तयार हुने र योजना भएका सञ्चालकलाई थुना बाहिरै रहेर सम्पत्ति परिचालन र ऋण असुली गर्ने कानुनी अवसर दिइनेछ। नियमन र मापदण्ड ५० करोडभन्दा बढी कारोबार गर्ने सहकारीलाई राष्ट्र बैंकको घ वर्गको वित्तीय संस्थाको मापदण्डमा ल्याएर कडा नियमन गरिने। साना संस्थाहरूका लागि ‘दोस्रो तहको नियामक’ गठन गरिने भएको छ ।

तपाईको प्रतिक्रिया