नेपाल स्टक एक्सचेन्ज (नेप्से) को वेबसाइट डाउन भएपछि सोमबारको कारोबार बारे अन्योल सुरु भएको छ ।
कारोबार बन्द भएलगत्तै अपराह्न ३ बजेपछि देखि वेबसाइट डाउन भएको हो । यसबाट लगानीकर्ता आजको कारोबारको वास्तविक बजार तथ्यांक पाउनबाट बञ्चित भएका छन्। बजार बन्द भएको एक घण्टा हुँदा समेत नेप्सेले दिनभरको वास्तविक कारोबार विवरण सार्वजनिक गर्न सकेको छैन ।
प्राविधिक समस्या हो हैन भन्ने बारे खोजी भइरहेको र समाधानका लागि प्रयास जारी रहेको नेप्सेले उल्लेख गरेको छ ।
पछिल्लो तीन कारोबार दिनदेखि घटिरहेको नेप्सेमा सोमबार भने सुधार देखिएको थियो ।