विराटनगर । सवारी दुर्घटना न्यूनीकरण र सिटी तथा टेम्पु सञ्चालनलाई व्यवस्थित गर्ने लक्ष्यका साथ विराटनगरमा ‘सुरक्षित चालक अभियान’ सुरु गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले विराटनगर महानगरपालिकासँगको सहकार्यमा अभियान सञ्चालनमा आए सगैं सिटी तथा टेम्पो चालकहरु उत्साहित बन्दै दर्ताको लागी जिल्ला ट्राफिक कार्यालय मोरङ्गमा जाने गरेका छन ।
पौष १७ गतेदेखि सुरु भएको अभियानमा हाल सम्म ३०० जनाले दर्ताको लागी कार्यालयमा उपस्थित भएको जिल्ला ट्र«ाफिक प्रहरी कार्यालयका कार्यलय प्रमुख प्रहरी निरिक्षक सन्तोष न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसर सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० भएका चालकलाई ‘सुरक्षित चालक’ अंकित ज्याकेट वितरण गरिँदै आएको बताउनुभयो । विराटनगर क्षेत्रमा हाल ७ हजारभन्दा बढी सिटी र टेम्पु सञ्चालनमा रहे पनि ती सवारी चलाउने धेरै चालकसँग लाइसेन्स नभएको पाइएपछि त्यसलाई व्यवस्थित गर्नको लागी अभियानको रुपमा पौष १७ गते सम्म लगिएको उहाँले बताउनुभयो । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार अव्यवस्थित रूपमा सञ्चालनमा रहेका सिटी सवारीलाई नियन्त्रण र व्यवस्थापन गर्न सुरक्षित चालक अभियान सञ्चालन गरिएको हो। लाइसेन्स भएका चालकको विवरण संकलन गरी अभिलेख राख्दै उनीहरूलाई सुरक्षित चालक अंकित ज्याकेट प्रदान गरिएको जनाइएको छ । अभियानमार्फत सुरक्षित चालकलाई प्राथमिकता दिँदा नियमविपरीत सवारी सञ्चालन गर्ने चालकहरू क्रमशः निरुत्साहित हुँदै गएको पनि उहाँले बताउनुभयो । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार अभियान सुरु भएयता हालसम्म २९२ भन्दा बढी सवारी चालकले सुरक्षित चालक अंकित ज्याकेट प्राप्त गरिसकेका छन ्।ट्राफिक प्रहरीले उक्त ज्याकेट लगाएका सवारी साधन प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । कार्यालयले मोटर साइकलको साइलेन्सर र मोडिफाई गरि सवारी साधन चलाएको अवस्थामा पौष महिनामा १८ बटा मोटरसाईकललाई नियन्त्रण लिएर जरिबाना गरेको समेत जनाएको छ ।





