काठमाडौं। नेपाल धितोपत्र बोर्डले एकै आर्थिक वर्षमा ८३ कम्पनीलाई कारबाही गरेको छ। कारबाहीस्वरुप बोर्डले ४९ लाख ५० हजार आर्थिक जरिवाना तिराएको छ।

बोर्डले आर्थिक वर्ष २०८१÷८२ मा नियम, निर्देशन र प्रचलित कानुनी व्यवस्था पालना नगरेको ठहर गर्दै विभिन्न क्षेत्रका संस्थालाई आर्थिक जरिवाना तिराएको हो।

कारबाहीमा पर्ने संस्थामा धितोपत्र दलाल व्यवसायी, मर्चेन्ट बैंकर, बिमा, जलविद्युत कम्पनीदेखि लिएर सूचीकृत संगठित संस्थासमेत रहेका छन्। अधिकांशले तोकिएको समयभित्र वित्तीय विवरण नबुझाएको, सम्पत्ति शुद्धीकरणसम्बन्धी निर्देशनको पालना नगरेको देखिएको बोर्डले बताएको छ।

७ बिमा कम्पनी, ७ हाइड्रोपावर, ३ विकास बैंक, ३ लघुवित्त, १ विशाल बजार कम्पनी, ३ वटा विकास बैंक, होटललगायत कम्पनी कारबाहीमा परेका हुन्।

-क्यापिटल नेपालको सहयोगमा

तपाईको प्रतिक्रिया