काठमाण्डाै – उदयपुरमा सिमेन्ट घोल्ने मिक्चर जडान भएको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा अरू दुई जना घाइते भएका छन् ।
त्रियुगा नगरपालिका वडा नम्बर ७ होक्सेमा पर्ने मदन भण्डारी लोकमार्गमा ट्र्याक्टर ओरालोमा अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ट्र्याक्टरमा सवार त्रियुगा नगरपालिका वडा नम्बर ६ जलजलेका ४३ वर्षीय राजा हुसेन अली र २६ वर्षीया आशा सदाको ज्यान गएको हो ।
यस्तै दुर्घटनामा घाइते भएका दुई जना उपचारपछि घर फर्किएका छन् ।





