- भोजराज घिमिरे

काभ्रेपलाञ्चोक । पनौती नगरपालिका–६ स्थित वडा क्षेत्रकै एकमात्र सामुदायिक विद्यालय श्री गोरखनाथ आधारभूत विद्यालयमा विद्यार्थीहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै चिसो मौसम तथा स्वच्छ खानेपानी व्यवस्थापनका लागि दुई वटा वाटर डिस्पेन्सर हस्तान्तरण गरिएको छ।
लायन्स क्लब अफ काभ्रे मल्पिकाका लायन वर्ष २०२५/२०२६ का द्वितीय उपाध्यक्ष तथा **लड्केश्वर प्लास्टिक प्रोडक्सन प्रा.लि.**का प्रोपाइटर लायन शिवप्रसाद तिमल्सिनाको आर्थिक सहयोगमा सार्वजनिक सरोकार (Public Concern) काभ्रे शाखाको समन्वय तथा आयोजनामा उक्त सामग्री विद्यालयलाई प्रदान गरिएको हो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद सापकोटा र प्रधानाध्यापक ईश्वर भण्डारीलाई औपचारिक रूपमा वाटर डिस्पेन्सर हस्तान्तरण गरिएको थियो।
कार्यक्रम शिक्षक वसुन्धरा आचार्यको सञ्चालन तथा सार्वजनिक सरोकार काभ्रेपलाञ्चोक जिल्ला संयोजक, लायन्स क्लब अफ काभ्रे मल्पिकाकी चार्टर्ड उपाध्यक्ष तथा लायन वर्ष २०२४/२०२५ की अध्यक्ष सरस्वती कणेलको सभापतित्वमा सम्पन्न भएको थियो।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद सापकोटा प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने सहयोगी युवा व्यवसायी तथा समाजसेवी शिवप्रसाद तिमल्सिना, समाजसेवी धर्मकुमार खड्का र नवराज आचार्य, खेलकुद परिषदका प्रशिक्षक हरिकृष्ण थापा, विद्यालय व्यवस्थापन समिति सदस्य यदुमाया गोले र रिसुमाया बल, शिक्षकहरू तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रधानाध्यापक ईश्वर भण्डारीले २०८२ पौष १६ गते विद्यालयमा वाटर डिस्पेन्सर आवश्यक रहेको जानकारी गराएपछि सार्वजनिक सरोकारले समन्वयकारी भूमिका निर्वाह गरेको र दाता तिमल्सिनाको सक्रिय सहयोगमा केवल दुई दिनमै सामग्री उपलब्ध गराउन सफल भएको संयोजक सरस्वती कणेलले बताइन्।
कार्यक्रमको अन्त्यमा संयोजक कणेलले दाताप्रति विशेष धन्यवाद व्यक्त गर्दै विद्यालयको शैक्षिक उन्नति र विद्यार्थी स्वास्थ्यसँग सम्बन्धित सामाजिक कार्यमा निरन्तर सहकार्य रहने प्रतिबद्धता जनाइन्।
उक्त कार्यक्रममा लायन्स क्लब अफ काभ्रे मल्पिकाका तर्फबाट लायन वर्ष २०२५/२०२६ का द्वितीय उपाध्यक्ष लायन शिवप्रसाद तिमल्सिना तथा लायन वर्ष २०२३/२०२४ की अध्यक्ष सरस्वती कणेलको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया