इटहरी : इटहरी उपमहानगरपालिका–९ स्थित बीपी चोकमा ५६ वर्षीया महिलाको हत्या भएको छ। भोजपुरको दिङ्ला–१ घर भई इटहरीमा बस्दै आएकी पविमाया बयलकोटीलाई ज्वाइँ ४० वर्षीय गणेश शाह गुप्ताले कलको डन्डी प्रहार गरी हत्या गरेको जनाइएको छ।

पारिवारिक स्रोतका अनुसार आइतवार साँझ विवादका क्रममा गुप्ताले टाउकोमा कलको डन्डी प्रहार गर्दा बयलकोटीको मृत्यु भएको हो । घटनापछि गुप्ता फरार रहेको र उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया