पाँचथर : पाँचथरको फाल्गुनन्द गाउँपालिका ६ खामेलकका ३६ वर्षीय प्रेमराज आङदेम्बेलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा सोही स्थानका ८२ वर्षीय वर्ण सिंह आङदेम्बेलाई प्रहरीले पक्राउ गरेको छ ।

वर्ण सिंहको घरमा सामान्य विवादको क्रममा प्रेमराजलाई छुरा प्रहार गर्दा उनको घटनास्थलमानै मृत्यु भएको हो।

घटनाको जानकारी प्राप्त हुनसाथ तत्काल प्रहरी चौकी आङसाराङबाट खटिएको प्रहरी टोलीले वर्ण सिंहलाई छुरीसहित नियन्त्रणमा लिएको हो।

पक्राउ परेका उनलाई कानुनी प्रक्रियाको लागि जिल्ला प्रहरी कार्यालय पाँचथरमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

तपाईको प्रतिक्रिया