बैङ्कक । रोयल थाई आर्मी (आरटीए) ले कम्बोडियाले थाइल्यान्डको सिसाकेट प्रान्तको नागरिक क्षेत्रलाई लक्षित गरी “बीएम–२१” रकेट प्रहार गर्दा चार जना घाइते भएको बताउदै घटनाको निन्दा गरेको छ ।
सामाजिक सञ्जालमा जारी गरिएको विज्ञप्तिमा हवाई आक्रमणको चेतावनी सुने पछि स्थानीय बासिन्दाहरू सुरक्षित आश्रयमा भाग्दै गर्दा आक्रमण भएको जनाइएको छ ।
आरटिएले आक्रमणको कडा निन्दा गर्दै यो घटनाले सैन्य कारबाहीसँग सम्बन्धित नभएका नागरिक क्षेत्रहरूलाई लक्षित गरि कम्बोडियाले हतियार प्रयोग गरेको स्पष्ट प्रमाण भएको बताएको छ ।
शनिबार जारी आधिकारिक विज्ञप्तिमा, देशको सेनाले थाइल्यान्ड–कम्बोडिया सीमामा आफ्नो अपरेसनहरू कडाईका साथ विश्वव्यापी सिद्धान्तहरू अन्तर्गत रहेको र थाइल्यान्डको सुरक्षा तयारी र क्षमता रक्षा र स्थिति नियन्त्रणका लागि कायम रहेको बताएको छ ।
वक्तव्यमा, थाई अधिकारीहरूले द्वन्द्व बढाउने वा नागरिकहरूलाई धम्की दिने अभिप्राय बिना, आफ्ना जनताको रक्षा र राष्ट्रिय सुरक्षा गर्ने अपरेसनको प्राथमिक लक्ष्य रहेको कुरामा जोड दिएका छन् ।
विज्ञप्तिमा थाई जनताको सुरक्षा र महत्वपूर्ण पूर्वाधारलाई असर गर्ने अवस्था उत्पन्न भए पछि थाइल्यान्ड सीमित दायरा, लक्ष्य र खतरा समाप्त गर्न आवश्यक बल प्रयोग गर्ने प्रतिरोधात्मक उपायहरू लागू गर्न बाध्य भएको जनाइएको छ । सिन्ह्वा





