काठमाडौं। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)को आगामी कार्यकाल (२०२६–२०२८) का लागि जिस्वा तुलाधर श्रेष्ठको नेतृत्वमा रहेको समावेशी तथा अनुभवी प्यानलले उम्मेदवारी दर्ता गराएको छ। ‘सदस्यको विश्वास, एकताबद्ध नाट्टा, समृद्ध पर्यटन व्यवसाय’ भन्ने मूल नारासहित चुनावी मैदानमा उत्रिएको उक्त समूहले नाट्टाको संस्थागत सुदृढीकरण, पर्यटन व्यवसायको संरक्षण तथा आधुनिकीकरणलाई प्राथमिकतामा राख्दै १२ बुँदे घोषणापत्र समेत सार्वजनिक गरेको छ।

प्यानलबाट अध्यक्षमा जिस्वा तुलाधर श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा विष्णु पाण्डे, उपाध्यक्षमा प्रज्ञा शर्मा पाठक, महासचिवमा सुशिल पन्त, सचिवमा रमेश घिमिरे, कोषाध्यक्षमा कृष्णप्रसाद ढकाल तथा सह–कोषाध्यक्षमा डा. विमला दाहाल उम्मेदवार रहेका छन्।

त्यसैगरी कार्यसमिति सदस्यमा प्रदीप आचार्य, दिनेश घिमिरे, सुदर्शन गजुरेल, अनु अधिकारी (राउत), रोजिना रञ्जित र त्रिलोचन न्यौपानेले उम्मेदवारी दिएका छन्।

१२ बुँदे प्रतिबद्धता

घोषणापत्रमार्फत प्यानलले पर्यटन क्षेत्रको दिगो विकास र व्यवसायिक हितलाई केन्द्रमा राख्दै विभिन्न प्रतिबद्धता सार्वजनिक गरेको छ।

यसमा अन्तर्राष्ट्रिय बजारमा नेपालको डिजिटल प्रवर्द्धन, एआईको प्रयोग, पर्यटनसम्बन्धी नीतिगत तथा कानुनी सुधार, बैंक ग्यारेन्टी र मौद्रिक नीतिमा सहजीकरण लगायत समेटिएका छन्।

१. अन्तर्राष्ट्रिय प्रवर्द्धन तथा डिजिटल बजारीकरण: नेपालका नयाँ तथा उदीयमान गन्तव्यको प्रवर्द्धन, डिजिटल ब्राण्डिङ, AI प्रविधि प्रयोग र B2B प्लेटफर्ममार्फत सदस्य एजेन्सीहरूलाई बजारमा पहुँच।

२. नीतिगत तथा कानुनी सुधार: पर्यटन ऐन, बैंक ग्यारेन्टी र मौद्रिक नीतिमा सुधार ल्याउन नेपाल राष्ट्र बैंक तथा मन्त्रालयसँग सशक्त लबिङ।

३. नयाँ उद्यमी तथा साना व्यवसायीलाई प्रोत्साहन: दर्ता, नवीकरण र इजाजत प्रक्रियालाई सहज बनाउन ‘Single Window System’ र ‘NATTA Help Desk’ स्थापना; महिला तथा युवा उद्यमीका लागि विशेष सुविधा।

४. व्यवसाय संरक्षण तथा राहत हस्तक्षेप: संकट/महामारीमा पर्यटन व्यवसाय संरक्षण, भिसा प्रक्रिया र पेमेन्ट गेटवे सहज बनाउन पहल। ५. आउटबाउन्ड पर्यटनको आधिकारिक मान्यता: आउटबाउन्ड एजेन्सीलाई आधिकारिक मान्यता र सहजीकरण।

६. भविष्यका पर्यटन विधाको प्रवर्द्धन: मोन्टेनरिङ, एग्रो, वेलनेस, एडभेन्चर र हाइ-भ्यालु (High-Value) पर्यटनमा विशेष जोड।

७. क्षमता अभिवृद्धि तथा प्रविधि हस्तान्तरण: ‘NATTA Academy’ मार्फत प्राविधिक र डिजिटल तालिम सञ्चालन।

८. संस्थागत पारदर्शिता तथा सदस्य कल्याण: पारदर्शी वित्तीय प्रणाली र सदस्य कल्याणकारी कोष स्थापना।

९. प्रादेशिक विकास तथा हवाई सञ्जाल सुदृढीकरण: प्रादेशिक NATTA च्याप्टर सुदृढीकरण र हवाई सञ्जाल विस्तार।

१०. समावेशी नेतृत्व तथा दिगो पर्यटन: महिला, युवा र साना व्यवसायीको समान सहभागिता र दिगो पर्यटन अवधारणा।

११. सबल संस्था, व्यवस्थित व्यवसाय, उज्ज्वल पर्यटन भविष्य: नाट्टालाई थप उत्तरदायी, आधुनिक र प्रभावकारी संस्थाका रूपमा विकास।

१२. IATA तथा टिकटिङ सुधार: Capping Policy सुधार, ADM (Agency Debit Memo) नियमन र ‘One Tax System’ लागू गर्न पहल। ​

तपाईको प्रतिक्रिया