विराटनगर । लायन्स क्लब अफ विराटनगर ग्रिनसिटी र लायन्स क्लब अफ युनिकले विराटनगरका पत्रकार पदमकुमार सरदारलाई विशेष सम्मान प्रदान गरेका छन्। दुवै क्लबको नयाँ कार्य समिति पदभार ग्रहण कार्यक्रममा सरदारलाई सम्मान गरिएको हो। लायन्स क्लब इन्टरनेशनल ३२५ ‘सी’ का डिस्ट्रिक गभर्नर बबरजंग थापाले सरदारलाई नगद र सम्मानपत्र प्रदान गर्दै सम्मानित गरेका थिए।

आर्थिक वर्ष २०२५/०२६ का लागि लायन्स क्लब अफ विराटनगर ग्रिनसिटीको अध्यक्षमा चन्द्र बुढाथोकी र लायन्स क्लब अफ विराटनगर युनिकको अध्यक्षमा विकास भण्डारीले पदभार सम्हालेका छन्।

यसअघि ग्रिनसिटीको अध्यक्ष श्यामलाल पौडेल र युनिकको अध्यक्ष पुष्प कटुवाल रहेका थिए। त्यस्तै, लियो क्लबतर्फ २०२५/०२६ का लागि ग्रिनसिटी लियो क्लबका अध्यक्ष अंकुश बुढाथोकी र युनिक लियो क्लबका अध्यक्ष अनुज कार्कीले नयाँ जिम्मेवारी ग्रहण गरेका छन्।पत्रकार सरदार मकालु टेलिभिजनमा विराटनगरको सम्वाददाताको रुपमा कार्यरत रहेका छन ।

तपाईको प्रतिक्रिया