विराटनगर / विश्व स्ट्रोक दिवस २०२५ को अवसर पारेर विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटलले स्ट्रोक सम्बन्धी जनचेतना अभिवृद्धि गर्न, रोकथामका उपायबारे जानकारी दिन, र बिरामीको उपचार तथा रिकभरीलाई सघाउन विभिन्न विशेष सेवा र छुटका कार्यक्रमहरू घोषणा गरेको छ।
सन् २००० मा वरिष्ठ कन्सल्टेन्ट न्युरोलोजिस्ट डा. वीरेन्द्र कुमार बिष्टज्यूले न्युरोलोजिकल सेवाबाट यस अस्पतालको स्थापना गर्नुभएको थियो। आफ्नो स्थापनाकाल देखि नै उत्कृष्ट सेवा प्रदान गर्दै आएको यस अस्पतालले स्ट्रोकका बिरामीहरूको हेरचाहका लागि छुट्टै र अत्याधुनिक डेडिकेटेड स्ट्रोक वार्डको समेत व्यवस्था गरेको छ। यसैको परिणाम स्वरूप, अस्पतालले हालसम्म कोशी प्रदेश र मधेश प्रदेशका मात्र नभई छिमेकी मुलुक भारतका विभिन्न क्षेत्रबाट आउनुभएका १५००० भन्दा बढी स्ट्रोकका बिरामीहरूलाई सफलतापूर्वक उपचार प्रदान गरिसकेको छ, जसले यस अस्पताललाई न्युरोलोजिकल सेवामा एक विश्वसनीय नामका रूपमा स्थापित गरेको छ।
अक्टोबर २९ मा मनाइने विश्व स्ट्रोक दिवस २०२५ को अवसरमा हस्पिटलले स्ट्रोक सम्बन्धी जनचेतना अभिवृद्धि गर्न, रोकथामका उपायबारे जानकारी दिन, र बिरामीको उपचार तथा रिकभरीलाई सघाउन विभिन्न विशेष सेवा र छुटका कार्यक्रमहरू ल्याएको हो।
प्रमुख सेवा तथा छुटका कार्यक्रमहरूको विस्तृत विवरण:
१. स्ट्रोक स्क्रिनिङ प्याकेजहरूमा विशेष छुट: उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल जस्ता स्ट्रोकका प्रमुख जोखिम कारकहरू पत्ता लगाउन र समयमै रोकथामका उपाय अपनाउन अस्पतालले आधारभूत, विस्तृत र उन्नत गरी तीन प्रकारका स्ट्रोक स्क्रिनिङ प्याकेजहरू ल्याएको छ। यी प्याकेजहरूमा रक्तचाप, रगतमा चिनीको मात्रा, लिपिड प्रोफाइल, ई.सि.जी, कारोटीड डोप्प्लर र मस्तिष्कको एम. आर. आई जस्ता महत्वपूर्ण परीक्षणहरू समावेश छन्। हस्पिटल प्रशासनका अनुसार, हस्पिटलले स्ट्रोक स्क्रिनिङ प्याकेजहरूमा १० प्रतिशत छुटका साथै जोखिम समूहलाई लाभान्वित गर्न ४० वर्ष भन्दा माथिका बिरामीहरू वा विगतमा स्ट्रोक भएका बिरामीका परिवारका सदस्यहरूलाई यी स्क्रिनिङ प्याकेजहरूमा थप २५ प्रतिशत विशेष छुटको व्यवस्था गरिएको छ।
२. स्ट्रोक पश्चातको पुनर्स्थापना सेवामा आकर्षक अफर: हस्पिटल प्रशासनले जनाए अनुसार, स्ट्रोक पश्चातको जीवनशैलीलाई सहज बनाउन र बिरामीको पूर्ण रिकभरीमा सहयोग पुर्याउनका लागि फिजियोथेरापी सेवामा २०% देखि ३०% सम्मको आकर्षक छुट प्रदान गरिनेछ। यसले बिरामीहरूलाई छिटो स्वास्थ्यलाभ गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।
३. न्युरो कार्डियो कम्बो प्याकेज र अभिभावक विशेष अफर: मुटु र स्नायु प्रणाली दुवैको स्वास्थ्य परीक्षण गर्न चाहनेहरूका लागि विशेष न्युरो कार्डियो कम्बो प्याकेज प्रस्तुत गरिएको छ। यसमा ई.सि.जी, ई.को, कारोटीड डोप्प्लर, ब्लड सुगर जाँच, लिपिड प्रोफ़ाएल, न्युरोलोजी र कार्डियोलोजी विशेषज्ञहरूको परामर्श जस्ता सेवाहरू एकमुष्ट रूपमा पाउन सकिन्छ। यो प्याकेज अन्तर्गत आफ्नो अभिभावक लिएर आउने परिवारका दोस्रो सदस्यलाई ५०% छुट दिइनेछ, जसले परिवारका सदस्यहरूलाई एकसाथ स्वास्थ्य सेवा लिन प्रोत्साहन गर्नेछ।
४. जनचेतना र निःशुल्क सेवाहरू: विश्व स्ट्रोक दिवस सप्ताहभरि निम्न निःशुल्क सेवाहरू उपलब्ध हुनेछन्:
निःशुल्क रक्तचाप र रगतमा चिनीको मात्रा परीक्षण।
स्ट्रोकका उपचारार्थ बिरामीहरूका लागि निःशुल्क परामर्श सेवा।
त्यसैगरि विराटनगर महानगर भरि स्ट्रोकका आकस्मिक बिरामीहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा। प्रधान गर्ने भएकोछ। अस्पतालले सम्पूर्ण जनसमुदायलाई यी विशेष सेवा तथा छुटको लाभ लिन र स्ट्रोक सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाएर एक स्वस्थ समाज निर्माणमा योगदान पुर्याउन हार्दिक अनुरोध गरेको छ।





