विराटनगर — डा. बालकृष्ण साहसहित पाँच जना स्रष्टालाई विराट मैथिल नाट्यकला परिषद्‌ले सम्मान गरेको छ। आइतबार विराटनगर–१ स्थित स्वर संगम सङ्गीतालयमा आयोजित बहुभाषिक कविगोष्ठी, परिचर्चा तथा सम्मान कार्यक्रममा विभिन्न विधाका स्रष्टाहरूलाई सम्मान प्रदान गरिएको हो।

सम्मानित स्रष्टाहरूमा अग्रज स्रष्टा सम्मान– मधु पोखरेल, शिवनारायण पण्डित ‘सिङ्गल’, महिला स्रष्टा सम्मान– मञ्जु घिमिरे दाहाल, र सामाजिक स्रष्टा सम्मान– विजयकुमार राय रहेका छन्।

कार्यक्रमको अध्यक्षता परिषद्का अध्यक्ष डोमी कामतले गरेका थिए भने प्रमुख अतिथि प्रा. कृष्णा पोखरेल रहेका थिए। कार्यक्रममा करिब ६० जना साहित्यप्रेमी तथा स्रष्टाको उपस्थिति रहेको थियो।

पोखराबाट आएका स्रष्टाहरूले आफ्ना रचनाहरू वाचन गर्दै बहुभाषिक साहित्यिक वातावरणलाई समृद्ध बनाएका थिए। प्रमुख अतिथि प्रा. पोखरेलले नेपाली, मैथिली, भोजपुरी लगायत भाषाबीचको सहकार्यले सांस्कृतिक एकता र सिर्जनाको शक्ति बढाउने विश्वास व्यक्त गरे।

तपाईको प्रतिक्रिया