रंगेली, कार्तिक ७ । विराटनगर रानी–रंगेली ३३ के.भी. फिडर अन्तर्गत पर्ने आमतोला क्षेत्रमा मर्मत तथा पोल परिवर्तन कार्यका कारण शनिबार रंगेली विद्युत केन्द्रको सबै स्थानमा विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ।
नेपाल विद्युत प्राधिकरण रंगेली वितरण केन्द्रका अनुसार शनिबार बिहान ८ बजेदेखि मध्यान्ह १२ बजेसम्म चार घण्टाका लागि सम्पूर्ण विद्युत आपूर्ति रोकिनेछ।
प्राधिकरणले उक्त समयावधिमा ३३ के.भी. लाईनमा आवश्यक मर्मत र पोल परिवर्तन कार्य गर्नुपर्ने भएकाले सेवा बन्द गर्नुपरेको जनाएको छ।
उक्त अवधिमा रंगेली सव–स्टेसनबाट सञ्चालित सम्पूर्ण वितरण लाइन बन्द रहने जानकारी दिँदै, प्राधिकरणले सेवाग्राहीहरूलाई यसबाट पर्न सक्ने असुविधाप्रति क्षमायाचना गरेको छ ।

तपाईको प्रतिक्रिया