मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
पेट सम्बन्धी समस्या र स्वास्थ्यमा कमजोरी देखिन सक्छ, जसका कारण काममा ढिला सुस्ती हुन सक्छ । नयाँ काम सुरु गर्न आजको दिन अनुकूल छैन । बाध्यतावश केही काममा जुट्नुपर्ला, रोगले पनि सताउन सक्छ । खानपानमा विशेष सावधानी अपनाउनुहोस् ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
काममा सफलता प्राप्त हुनेछ र त्यसले थप उत्साह जगाउनेछ । धन र अन्नको लाभ हुने योग छ । प्रेम सम्बन्धमा पनि सुखद समय रहनेछ । शुभ ग्रहको प्रभावले मनमा जोश, जाँगर र उमंग आउनेछ । अरूको सहयोग र समर्थन प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आर्थिक प्रगति हुनेछ । यात्राको योग छ र परिवारमा खुशीको वातावरण बन्नेछ । निरन्तर प्रयासले लक्ष्यमा पुग्न सकिने समय छ । परिश्रमलाई जारी राख्नुहोस्, आर्थिक लाभ प्राप्त हुने सम्भावना छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
स्वास्थ्यमा सुधार आउनेछ, अध्ययनमा रुचि बढ्नेछ र सही निर्णय गर्न सकिनेछ । व्यवसायमा भने केही चुनौती आउन सक्छ । टाढाको यात्रा हुने योग छ । अप्रत्याशित स्रोतबाट धन प्राप्त हुने सम्भावना छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
योजना अनुसार काम बन्न कठिन हुन सक्छ । नयाँ लुगा र स्वादिष्ट खानाको आनन्द मिल्नेछ तर केही खर्च पनि बढ्नेछ । समयको गतिलाई सम्हाल्न नसक्दा असहजता महसुस हुन सक्छ । खानपिनमा सजग रहनुहोस् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अधुरा काम पूरा हुने र नयाँ अवसर प्राप्त हुने योग छ । रोजगारीमा आफ्नो प्रभाव बढाउन सकिनेछ । यद्यपि अध्ययनमा समय दिन नसकिएला । ग्रहको अनुकम्पाले प्रयास गरे सफलता प्राप्त हुनेछ, तर केही कठिनाइ पनि भोग्नुपर्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यापार र उद्योगमा लाभ हुने सम्भावना छ । प्रतिस्पर्धीहरू पछि पर्नेछन् र अप्रत्याशित लाभ मिल्नेछ । भाग्योदयको समय आएको छ । अरूले गरेको कामको मूल्याङ्कन गर्नु उपयुक्त हुनेछ । आम्दानी सन्तोषजनक रहनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रमाइलो ढंगले कामहरू सम्पन्न गर्न सकिनेछ । पशुधन र जमिनबाट सामान्य लाभ प्राप्त हुनेछ । व्यापार ठिकै रहनेछ । कतैबाट आर्थिक फाइदा हुने संकेत छ तर सतर्क रहनुहोस् । कामहरू सहज रूपमा बन्नेछन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
खर्च गर्दा होसियारी अपनाउनुहोस् । खानपानमा लापरबाहीले स्वास्थ्यमा समस्या ल्याउन सक्छ र खर्च बढाउन सक्छ । सहयोगको आशा दिनेहरूले नै धोका दिन सक्छन्, त्यसैले अरूमा अन्धविश्वास नराख्नुहोस् । हात हतियार वा दुर्घटनाबाट बच्न सावधान रहनुहोस् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अरूको बाधाका कारण काममा प्रगति ढिलो हुन सक्छ । जागिरमा पनि केही समस्या देखा पर्न सक्छ । परिस्थिति सँग सम्झौता गर्नुपर्ने समय छ । यद्यपि मान सम्मान प्राप्त हुनेछ, मनमा केही डर या असहजता रहन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
दिन मनोरञ्जनपूर्ण र उत्साहजनक रहनेछ । व्यापार तथा रोजगारीमा लाभ हुनेछ । यात्रामा सावधानी अपनाउनुहोस् । आतिथ्य र सम्मान पाइनेछ । नयाँ रोजगारी वा सिकाइका अवसर प्राप्त हुन सक्छन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
जागिर र राजनीतिमा गरेका प्रयास सफल हुनेछन् । अरूले तपाईंको प्रशंसा गर्नेछन् । दिगो फाइदा दिने काम सुरु हुन सक्छ । नयाँ अवसर र स्रोत फेला पर्ने योग छ । शुभ कार्यको सुरुवातका लागि अनुकूल समय छ ।

 

तपाईको प्रतिक्रिया