काठमाडौं, २१ असोज । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियु काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह र हामी नेपालीका संयोजक सुदन गुरुङविरुद्ध उजुरी दिने भएको छ । भदौ २४ गतेको सार्वजनिक सम्पत्तिमाथि भएको आगजानी, लुटपाट र प्रहरी हत्याको आरोपमा अनेरास्ववियुले शाह र गुरुङविरुद्ध जाहेरी दिने भएको हो ।

आजमात्रै सुदन गुरुङको टोलीले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालिन गृहमन्त्री रमेश लेखकविरुद्ध जाहेरी दर्ता गराएका छन् । प्रहरीले उनीहरुविरुद्धको जाहेरी दर्ता गरेर जाँचबुझ आयोगसमक्ष पठाउने भएको छ । भदो २३ र २४ गतेको घट्नाको छानबिनको लागि गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग बनेको छ । प्रहरीले ओली र लेखकविरुद्धको जाहेरी दर्ता गरेर आयोगसमक्ष सिफारिश गर्ने भएको हो ।

तपाईको प्रतिक्रिया