काठमाडौं । दशैँ पछिको पहिलो कारोबार दिन आज सोमबार नेपाल स्टक एक्सचेन्ज नेप्से आज ५८.५५ अंकले घटेको छ । जेनजी आन्दोलनपछि प्रभावित भएको शेयर बजारमा आज भारी गिरावट आएको हो ।
जेनजी आन्दोलनपछि उच्च मात्रामा उताढ चडाप भएको शेयर बजारमा आज भारी मात्रामा गिरावट आएको हो । परिसूचक सँगै कारोबार रकम पनि खुम्चिएको छ । दशैँ अघिको अन्तिम कारोबारपश्चात २ हजार ६६२.५१ बिन्दु कायम भएको नेप्से आज २ हजार ६०४.९६ झरेको छ ।
यस दिन २.१९ प्रतिशतले बजार घट्दा सबै उपसूचक समूहमा गिरावट आएको छ । ४ अर्ब ६२ करोड रुपैयाँको कारोबार भएको छ, जहाँ २३५ कम्पनीको शेयर मूल्य घटेको छ । १६ कम्पनीको शेयर मूल्य भने वृद्धि भएको छ । भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतले घटेको छ ।
अहिले बजार उताढ चडावमा भएपनि छिटै सुधार हुने अपेक्ष शेयर बजारका लगानीकर्ताहरुले बताएका छन् । नेपाल इन्भेष्टमेन्ट फोरमका निवर्तमान अध्यक्ष छोटे लाल रौनियारका अनुसार मौद्रिक नीतिको पहिलो समिक्षापछि बजार लयमा फर्कने छ ।
उनका अनुसार जेनजी आन्दोलनबाट श्रृजना भएको विशम परिस्थितिले बजार उताढ चडाव भएको हो । आगामी सरकारको भविश्य, देशमा देखिएको अस्थिरता, निर्वाचन समयमा हुने वा नहुने लगायतको विषयले लगानीकर्तामा नैरश्यता छाएको र मनोबलपनि खच्किएकाले बजार घटन पुगेको उनको भनाई छ । यसका साथै अर्थ मन्त्रालयले पूँजीबजार सुधारका लागि सुझाव समिति बनाएको र सो समितिको सुझाव पेश हुँन ढिला हुँदा त्यसको असर बजारमा देखिएको हो ।
सो सुझाव आएपछि बजारलाई केही राहत हुने पनि उनले बताए । यसैगरी, मौद्रिक नीतिमार्फत बैंकहरुले शेयर बजारमा कारोाबार गर्न पाउने, २५ करोडको क्याप हटने लगायतको सकारात्मक पक्षहरु समावेश हुने आशा व्यक्त गर्दै त्यसपछि बजार लयमा फर्किने उनले बताए ।
निवर्तमान अध्यक्ष रौनियारका अनुसार अहिले बजार धेरै घटिसेकेको छ, अब घट्ने ठाउँ छैन र अहिले बजारमा तरलता पनि प्रसस्तै छ । ब्याजदर पनि कम छ । यस अवस्थामा बजार बढ्नुको विकल्प नै छैन ।
‘तसर्थ सबैलाई अहिले होल्ड गर्न सुझाव दिन्छ,’ उनले भने ।