मोरङको केराबारीमा तीन दिनदेखि बेपत्ता भएका एक जना पुरुष पुरुषको शव फेला परेको छ। प्रहरीका अनुसार केराबारी गाउँपालिका–१ पाटीगाउँका ३४ वर्षीय गोरे भनिने रामबहादुर लिम्बू मंगलबार बिहान घरनजिक रहेका आफ्नै अम्रिसो बारीमा मृत फेला परेका हुन्। लिम्बू शनिबारदेखि बेपत्ता रहेको जानकारी परिवारले प्रहरीलाई दिएको थियो।
खोजी गर्ने क्रममा मंगलबार बिहान करिब ११:५० बजे उनको शव फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार लिम्बूको मानसिक सन्तुलन कमजोर रहेको जानकारी प्राप्त भएको छ। घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्रीको नेतृत्वमा टोली खटिएको छ।
मोरङको केराबारीमा तीन दिनदेखि बेपत्ता पुरूषकाे शव अम्रिसो बारीमा फेला



![भावी प्रधानमन्त्रीज्यूलाई दोस्रो पत्र [कविता]](https://www.sajhasarokar.com/wp-content/uploads/2026/03/sushmaacharya-300x200.jpg)

