काठमाडौँ । विगत दुई दिनदेखिको अविरल वर्षाले देशका विभिन्न स्थानमा जनजीवन प्रभावित बनाएको छ । त्यसै क्रममा इलाम र झापामा नेपाली सेनाले सक्रिय रूपमा उद्धार कार्य जारी राखेको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार इलामको सन्दकपुर नगरपालिका–४ माबु इलाकामा पहिरोमा परेर घाइते भएका ४ जनालाई ९१ पुरुष, ३ महिला, जसमा एक बालिका पनि समावेश० स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत झापास्थित अस्पतालमा लगिएको छ ।

त्यसैगरी, झापा गाउँपालिका–१ मिलन बस्ती क्षेत्रमा पनि रातभर उद्धार कार्य सञ्चालन गरिएको छ । नेपाली सेनाले अन्य सुरक्षा निकाय र स्थानीयवासीको सहयोगमा मोटर बोटबाट ४८ जना, डुङ्गाबाट ३१ जना र पैदल १२ जना गरी कुल ९१ जनाको उद्धार गरेको छ ।

प्रशासनलाई प्राप्त जानकारी अनुसार हालसम्म हेलिकोप्टर र स्थल मार्ग दुवैबाट गरी १०७ जनाको उद्धार भई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

अविरल वर्षाले पूर्वका जिल्लाहरूमा अझै पनि उच्च सतर्कता आवश्यक रहेको सम्बन्धित निकायहरूले जनाएका छन् ।

तपाईको प्रतिक्रिया