काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने दुवै खेलमा चार टोली प्रतिस्पर्धामा उत्रिँदैछन्।

आजको पहिलो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ। यी दुई टोली दिउँसो साढे १२ बजे मैदानमा उत्रनेछन्। त्यस्तै, आजै हुने दोस्रो खेलमा चितवन राइनोज र काठमाडौं गोर्खाज आमनेसामने हुनेछन्। दोस्रो खेल दिउँसो साढे ४ बजे सुरु हुनेछ। त्रिवि क्रिकेट मैदानमा हुने आजका दुवै खेलले प्रतियोगिताको अंकतालिकामा टोलीहरूको अवस्थालाई थप प्रभाव पार्नेछ।

तपाईको प्रतिक्रिया