विराटनगर / मोरङको जहदा गाउँपालिकामा रड प्रहारबाट एक पुरुषको हत्या भएको छ । जहदा गाउँपालिका–२ मोहनपुरका ४० वर्षीय बुधराम सोरेनको टाउकोमा रड प्रहार गरी हत्या गरिएको हो ।
प्रहरीका अनुसार सोमबार राति करिब १० बजे बुधराममाथि उनकी ३५ वर्षीया श्रीमती कमली मास्के र भारतका २७ वर्षीय सुनील मिश्रले रड प्रहार गरेका थिए । टाउकोमा रडले प्रहार गरिएपछि बुधरामको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक लेखनाथ दाहालले जानकारी दिए ।

घटनामा संलग्न रहेको आरोपमा भारतीय नागरिक मिश्रलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनापछि फरार भएकी कमलीको खोजी भइरहेको प्रहरी निरीक्षक दाहालले बताए ।

प्रहरीका अनुसार बुधरामको टाउकोमा रड प्रहार गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । तर, श्रीमानको हत्या गर्नुको कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।

तपाईको प्रतिक्रिया