झापा । झापाको हल्दीबारी गाउँपालिकामा १५१ जनाभन्दा बढी नयाँ पुस्ताका (जेन्जी) युवाहरू राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन्।

शनिबार हल्दीबारीमा आयोजित एक कार्यक्रममा उनीहरू सामूहिक रूपमा राप्रपामा आबद्ध भएका हुन्। नवप्रवेशी युवाहरूलाई पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेका थिए।

राप्रपा अध्यक्ष लिङ्देनको गृहपालिका तथा निर्वाचन क्षेत्रसमेत रहेको हल्दीबारीमा युवाहरूको उल्लेख्य सहभागितामा पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको हो।

नयाँ पुस्ताका युवाहरू स्वतःस्फूर्त रूपमा पार्टीमा आबद्ध हुनुले संगठनलाई थप ऊर्जा र मजबुती प्रदान गर्ने राप्रपाले जनाएको छ। देश निर्माण र राजनीतिक परिवर्तनमा युवा नेतृत्वको भूमिका महत्वपूर्ण हुने भन्दै युवाहरू राजनीतिमा सक्रिय हुन थालेको पार्टीको भनाइ छ।

तपाईको प्रतिक्रिया