मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज कार्य क्षेत्रमा नयाँ सम्भावनाका ढोका खुल्न सक्छन् । लामो समयदेखि रोकिएका कामले गति लिनुका साथै नयाँ जिम्मेवारी प्राप्त हुने योग छ । व्यापारिक योजना अघि बढाउन समय अनुकूल रहनेछ । परिवारमा आपसी समझदारी र आत्मीयता बढ्नेछ ।

वृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज विभिन्न क्षेत्रमा भाग्यले साथ दिने संकेत छ । शिक्षा, अध्ययन तथा आध्यात्मिक गतिविधिमा विशेष रुचि बढ्न सक्छ । नयाँ काम सुरु गर्न वा योजनाबद्ध रूपमा अघि बढ्न अवसर मिल्नेछ । आम्दानी तथा आर्थिक अवस्थामा सुधार आउने सम्भावना छ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज महत्त्वपूर्ण निर्णय लिनुपर्ने परिस्थिति आउन सक्छ । कुनै पनि विषयमा हतार नगरी सबै पक्षको मूल्याङ्कन गरेर अघि बढ्नु उपयुक्त हुनेछ । आर्थिक कारोबार तथा लेनदेनमा विशेष सतर्कता अपनाउनुहोला । कार्य क्षेत्रमा जिम्मेवारी थपिन सक्छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज अरूसँगको सहकार्य र साझेदारीबाट राम्रो उपलब्धि हासिल हुन सक्छ । व्यापारिक क्षेत्रमा नयाँ सम्झौता आउने सम्भावना छ । जीवन साथीको साथ र सहयोगले रोकिएका काम पूरा गर्न सहज हुनेछ । आर्थिक कारोबारमा इमानदारी र पारदर्शिता कायम राख्नुहोला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज विभिन्न कामको जिम्मेवारीले व्यस्तता बढाउन सक्छ । समय व्यवस्थापन गर्दै अघि बढेमा निर्धारित काम सफलतापूर्वक सम्पन्न गर्न सकिनेछ । आर्थिक अवस्था सामान्य रहेपनि खर्च बढ्न सक्ने भएकाले अनावश्यक खर्च कटौती गर्नुहोला ।

कन्या राशि (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज प्रतिभा र सिर्जनशीलताको प्रदर्शन गर्ने अवसर प्राप्त हुन सक्छ । बौद्धिक कार्य, अध्ययन तथा लेखन क्षेत्रमा सकारात्मक उपलब्धि हासिल हुने सम्भावना छ । आर्थिक रूपमा लाभ मिल्न सक्ने योग छ । प्रेम सम्बन्धमा आपसी समझदारी र मधुरता बढ्नेछ ।

तुला राशि (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज घर परिवार र पारिवारिक जिम्मेवारीलाई प्राथमिकता दिनुपर्ने देखिन्छ । घरको व्यवस्थापन, मर्मतसम्भार वा आवश्यक सामाग्री खरिद गर्ने योजना बन्न सक्छ । कार्य क्षेत्रमा संयम र धैर्यका साथ काम गर्दा अपेक्षित नतिजा प्राप्त गर्न सकिनेछ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज नयाँ सम्पर्क, सञ्चार र भेटघाटबाट लाभ प्राप्त हुने सम्भावना छ । कार्य क्षेत्रमा नयाँ जिम्मेवारी वा महत्त्वपूर्ण प्रस्ताव आउन सक्छ । व्यापारिक योजना र आफ्नो धारणा अरूसमक्ष प्रभावकारी ढङ्गले प्रस्तुत गर्न सकिनेछ । आर्थिक पक्षमा सुधारका संकेत देखिन्छन् ।

धनु राशि (ये, यो, भा, भि, भु, धा, ढा, भे)
आज आम्दानी, खर्च र आर्थिक व्यवस्थापनका विषयमा विशेष ध्यान दिनुपर्नेछ । आयआर्जनका नयाँ बाटो पहिल्याउने प्रयास सफल हुन सक्छ । व्यापार तथा व्यवसायमा पर्याप्त अध्ययन र मूल्याङ्कनपछि मात्रै लगानी गर्नुहोला । आफन्तसँगको सम्बन्ध सुमधुर रहनेछ ।

मकर राशि (भो, जा, जि, खि, खु, खे, खो, गा, गि)
आज आत्मविश्वास, उत्साह र काम गर्ने क्षमतामा वृद्धि हुने देखिन्छ । नयाँ योजना कार्यान्वयन गर्न वा रोकिएका कामलाई पुन: अघि बढाउन अनुकूल अवसर मिल्न सक्छ । आर्थिक क्षेत्रमा सकारात्मक परिणाम प्राप्त हुने सम्भावना छ । मान सम्मान र प्रतिष्ठा बढ्न सक्छ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज आर्थिक कारोबार र खर्च व्यवस्थापनमा विशेष सतर्कता आवश्यक देखिन्छ । आफ्ना व्यक्तिगत तथा गोप्य योजनाहरू सबैसँग साझा नगर्नुहोला । कार्य क्षेत्रमा केही अवरोध वा ढिलाइ भएपनि धैर्यपूर्वक प्रयास जारी राख्दा सफलता मिल्न सक्छ ।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज साथीभाइ, मित्र तथा सहयोगीबाट अपेक्षित साथ र सहयोग प्राप्त हुन सक्छ । सामाजिक गतिविधि तथा सामूहिक कार्यमा सक्रियता बढ्नेछ । आर्थिक लाभको सम्भावना रहनुका साथै व्यापार व्यवसाय विस्तारका लागि नयाँ योजना बनाउन सकिनेछ ।

तपाईको प्रतिक्रिया