‘जेनजी राइजिङ नेपाल’ नामको एक ह्याकर समूहले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वेबसाइट ह्याक गरेको छ । उक्त ह्याकर समूहले रास्वपाको वेबसाइटभित्र छिरेर ‘प्रेस विज्ञप्ति’ सेक्सनमा एसक्यूएल इन्जेक्सन आक्रमण गरेर आफ्नो सन्देश राखेको हो ।

गत भदौ २३ र २४ गते भएको जेन–जी ध्वंसका क्रममा रास्वपाले नख्खु जेलमा थुनिएका सभापति लामिछानेलाई निकालेकाले बदलामा वेबसाइट नियन्त्रणमा लिइएको ह्याकरले उल्लेख गरेका छन् । ह्यारको यो समूहले वेबसाइटमा पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलक्षित म्यासेजमा भनिएको छ, ‘न क्षमा दिने, न बिर्सने ।’

यस्तो छ सन्देश :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालको राजनीतिक सर्कस हो, जसले भूतकाललाई नै भविष्य ठान्छ। मुख्य विचार जवाफदेहीबाट पन्छिनु, पुरानै राजनीति ‘नयाँ राजनीति’ भनेर फेरि बेच्नु, अनि जसरी भए पनि आफ्ना नेतालाई जेलबाट जोगाउनु।


रवि लामिछाने —
दुईवटा नागरिकता कार्ड बोकेको मान्छे — हालै जेन–जीको आन्दोलनकै कारण कानुनी प्रक्रियाबाट उम्किन सफल भए। अमेरिकाबाट त निकालिएका थिए ।तर अझै पनि पार्टीलाई ‘बोस’ जस्तै चलाइरहेका छन् ।

संसार कृत्रिम बुद्धिमत्ता, वातावरणीय संकट र अर्थतन्त्र जस्ता चुनौतीसँग जुधिरहेको बेला रास्वपा भने आफ्नो सारा ऊर्जा प्रचार, काण्ड र रवी दाइका अल्झिएका वित्तीय मामिलामै खर्चिरहेको छ। वाचा तोडिएको, इमानदारी ! हा… हा, वैकल्पिक !

नेपाल, स्वागत छ ‘नयाँ राजनीति’ मा पुरानै चलाख, केवल अलिक चम्किलो प्याकेटमा । जेन–जीले यसलाई राम्ररी देख्छ। हामी माफ गर्दैनौँ। हामी बिर्सदैनौँ। हामी आउँदैछौँ।

मिसनलाई ऊर्जा दिनुहोस् — हामीलाई भ्रष्टाचार ढाल्न मद्दत गर्नुहोस्।

तपाईको प्रतिक्रिया