काठमाडौं । लोकप्रीय गायक थानेश्वर गौतम र गायिका सदिक्षा कट्टेलको स्वरमा परदेशीको कथामा आधारित दशैं तिहार विशेष गीत ‘भईयो परदेशी ‘म्युजिक भिडियो सार्वजनिक भएको छ। लक्ष्मण पोखरेलको शब्द,संगीत रहेको गीतलाई र रमेश सेन्चुरीले एरेन्ज गरेका हुन् । नेपाली गीतसंगीत र चलचित्रको विकास र प्रबर्दनमा सक्रिय अग्रणी कम्पनी ‘हाइटेक इन्टरटेन्टमेन्ट’ले गीतलाई निर्माण गरेको हो ।
स्मारिका ढकाल र सन्दिप वस्तीको अभिनय रहेको भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी, मीन रावलको सम्पादन रहेको छ। बैदेशिक रोजगारीमा रहेकाहरुले दशैं तिहार जस्तो चाडपर्वको बेला गाउँघरको सम्झिएर गरेको बिलौनाको भावलाई भिडियोमा देखाइएको छ ।
निर्देशक कृष्णदेव रुपाखेतीले भिडियोको निर्देशन गरेका हुन । ‘भईयो परदेशी ‘को म्युजिक भिडियोलाइ ‘हाइटेक इन्टरटेन्टमेन्ट’को अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । भिडियो सार्वजनिक भएको केहि घण्टामा नै दर्शकहरुले सकारात्मक प्रतिक्रिया दिएका छन् ।
लक्ष्मण पोखरेलको शब्द, संगीतमा दशैं तिहार गीत ‘भईयो परदेशी ‘सार्वजनिक (भिडियो )
