मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कार्य क्षेत्रमा जिम्मेवारी थपिए पनि मेहनतको राम्रो प्रतिफल प्राप्त हुने सम्भावना छ । व्यापारमा पुराना सम्पर्कमार्फत लाभ लिन सकिनेछ । आर्थिक कारोबार गर्दा कागजात र हिसाब किताबमा सावधानी अपनाउनुहोला । परिवारमा आत्मीयता र सद्भाव बढ्नेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
लामो समयदेखि रोकिएका कामले गति लिनेछन् । पेसा तथा व्यवसायमा नयाँ अवसर प्राप्त हुन सक्छ । आम्दानीमा सुधार देखिए पनि अनावश्यक खर्च बढ्न नदिनुहोला । पारिवारिक विषयमा छलफल गर्ने अवसर मिल्नेछ । खानपान र पर्याप्त आराममा ध्यान दिनु आवश्यक छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नयाँ काम थाल्नुअघि योजना र तयारीलाई प्राथमिकता दिनुहोला । व्यापारमा नयाँ ग्राहक तथा व्यावसायिक सम्बन्ध विस्तार हुने सम्भावना छ । आम्दानीका थप स्रोत खोज्ने अवसर मिल्न सक्छ । प्रेम तथा दाम्पत्य जीवनमा समझदारी बढ्नेछ । छोटो यात्रा वा भेटघाटबाट उपयोगी जानकारी प्राप्त हुन सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
महत्त्वपूर्ण निर्णय लिँदा भावनाभन्दा व्यावहारिक पक्षलाई प्राथमिकता दिनुहोला । कार्य क्षेत्रमा वरिष्ठ व्यक्तिको सहयोगले काम सहज बन्न सक्छ । आर्थिक विषयमा हतार नगर्नु राम्रो हुनेछ । परिवार तथा आफन्तबाट साथ र सहयोग मिल्नेछ । पितृकार्यमा सहभागी हुँदा मनमा शान्ति र सन्तुष्टि मिल्न सक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आत्मविश्वास र कार्यक्षमताका कारण महत्त्वपूर्ण काममा सफलता प्राप्त गर्ने अवसर छ । व्यापार तथा व्यवसायमा नयाँ सम्भावना देखिन सक्छन् । आर्थिक लाभका अवसर आए पनि जोखिमपूर्ण लगानीबाट टाढा रहनुहोला । प्रेम सम्बन्धमा निकटता बढ्नेछ । ज्येष्ठ सदस्यको सुझावले सही निर्णय लिन सहयोग पुर्याउन सक्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
काममा एकाग्रता र सही निर्णय क्षमताले महत्त्वपूर्ण भूमिका खेल्नेछ । पेसागत क्षेत्रमा मेहनतको प्रशंसा हुन सक्छ । आर्थिक लाभको सम्भावना रहेपनि खर्चको उचित व्यवस्थापन गर्नुहोला । पारिवारिक विषयमा आफ्ना कुरा स्पष्ट रूपमा राख्न सकिनेछ । पेट तथा आँखासम्बन्धी सामान्य समस्याप्रति सचेत रहनुहोला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामाजिक तथा व्यावसायिक क्षेत्रमा प्रभाव बढ्ने सम्भावना छ । नयाँ व्यक्तिसँगको भेटघाट र सम्पर्क भविष्यमा उपयोगी बन्न सक्छ । आर्थिक कारोबारबाट लाभ मिल्न सक्छ । परिवारमा रहेका पुराना असमझदारी हटाउँदै सम्बन्ध सुधार गर्ने अवसर प्राप्त हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पहिलेदेखिका जिम्मेवारी पूरा गर्न बढी समय दिनुपर्ने हुन सक्छ । कार्य क्षेत्रमा प्रतिस्पर्धा भएपनि अनुभव र धैर्यले सफलता दिलाउन सक्छ । आर्थिक कारोबारमा गोपनीयता र सावधानी अपनाउनुहोला । परिवारबाट आवश्यक सहयोग प्राप्त हुनेछ । लामो यात्राको योजना बनाउँदा समय व्यवस्थापनमा ध्यान दिनु राम्रो हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
महत्त्वपूर्ण काम अघि बढाउन अनुकूल परिस्थिति बन्न सक्छ । व्यापार तथा व्यवसायमा नयाँ अवसर प्राप्त हुने सम्भावना छ । आर्थिक लाभ भएपनि अतिरिक्त खर्च बढ्न सक्ने भएकाले बजेटमा ध्यान दिनुहोला । परिवारमा सुखद समाचार सुन्न पाउने सम्भावना छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कामको जिम्मेवारी बढेपनि त्यसले भविष्यमा सकारात्मक परिणाम दिन सक्छ । रोकिएको रकम प्राप्त हुने सम्भावना छ । साझेदारीमा काम गर्दा सर्त र सम्झौता स्पष्ट बनाएर मात्र अघि बढ्नुहोला । पारिवारिक वातावरण सुखद रहनेछ । नियमित खानपान र पर्याप्त आरामलाई प्राथमिकता दिनुहोला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नयाँ सोच र योजनालाई व्यवहारमा उतार्ने अवसर मिल्न सक्छ । पेसा तथा व्यवसायमा नयाँ सम्पर्कबाट फाइदा लिन सकिनेछ । आर्थिक अवस्था क्रमश: सुधार हुने संकेत छ । प्रेम तथा पारिवारिक सम्बन्धमा विश्वास र समझदारी बढ्नेछ । विदेश वा टाढाको यात्राको योजना बनाउँदै हुनुहुन्छ भने आवश्यक कागजात मिलाउन उपयुक्त समय छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सकारात्मक सोच र आत्मविश्वासले काममा अघि बढ्न प्रेरित गर्नेछ । पहिले गरेको मेहनतको परिणाम देखिन थाल्न सक्छ । आर्थिक अवस्था अनुकूल रहेपनि आवेगमा आएर खर्च गर्ने बानीबाट बच्नुहोला । परिवारका सदस्यबीच समझदारी र आत्मीयता बढ्नेछ ।





