आजको पञ्चाङ्ग
श्रीशाके १९४८ नेपाल सं. ११४६ रौद्रनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८३ भाद्र २१ गते तद्अनुसार सन् २०२६ सेप्टेम्बर ६ तारिख आइतबार भाद्र कृष्णपक्षको दशमी तिथि आद्र्रा नक्षत्र सिद्ध योग वणि करण ४ः४२ पर बब करण आनन्दादिमा ध्वाँक्ष योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४५ भयो र सूर्यास्त साँझ १८ः१७ मा हुनेछ ।
आजको राशिफल
मेष – आजको दिन अस्वस्थताका बाबजुद कामको दायित्व बढ्ने देखिन्छ । अर्काको काममा महत्वपूर्ण समय बित्न सक्छ । मनमा अनावश्यक चिन्ता उठ्नाले काममा ढिलासुस्ती हुने योग छ । अप्रिय समाचारले दुःखी बनाउला । प्रतिकुलताका बाबजुद मिठो भोजन प्राप्त हुने देखिन्छ । समस्याको अवस्थामा मित्रजनको सहयोग प्राप्त हुनेछ । रसरागमा आकर्षण रहला ।
वृष – आजको दिन पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्तिको सम्भावना प्रवल छ । मित्रवर्गबाट विभिन्न सहयोग र उपहार पाइएला । राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्नसक्ने देखिन्छ । व्यापारमा राम्रै फाइदा हुनेछ भने आँटेका काम तत्काल सम्पादन हुने योग छ । भौतिक साधन जुट्नाले आयआर्जन पनि राम्रै हुने देखिन्छ । कतै अतिथिका रूपमा सम्मान समेत पाइएला ।
मिथुन – सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने कामको चापबाट फुर्सद मिल्ने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिएला । आरोग्यबल वृद्धि हुनेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्ने योग छ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।
कर्कट – उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्ने समय छ । अरूका काममा समय बित्न सक्छ । महत्वपूर्ण काम पूरा नहुनाले मन खिन्न रहला । आफन्त तथा नजिकका साथीभाइ टाढिन सक्छन् । अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलिक प्रतिकूल बन्न सक्छ । प्रेमभाव वृद्धि भएपनि प्रेमी वा प्रेमिकासँग चिसोपन बढ्ने योग छ । साझेदारीको काम भने बन्नेछ ।
सिंह – आजको दिन विगतका समस्या बल्झिन सक्ने सम्भावना छ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । सानातिना काम र घरेलु समस्या देखापर्न सक्छन् । तथापि, रोकिएको विशेष काम बन्नाले उत्साह जाग्ने देखिन्छ । पुरुषार्थद्वारा अधिकार स्थापित गर्न सकिने योग छ । प्रतिस्पर्धामा विजयी भइएला । रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।
कन्या – कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने समय छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । तथापि, चिताएको काम समयमै सम्पादन नहुन सक्छ, ध्यान राख्नुहोला । मेहनतअनुसार कमै फाइदा हुने देखिन्छ । आफू कमजोर भएको अनुभूति हुनसक्छ । दाम्पत्यसुख बढ्नेछ । प्रेमभाव बढ्नुका साथै रसरागमा आकर्षण बढ्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त गर्नुहुनेछ ।
तुला – सानातिना काममा अल्झनुपर्दा मुख्य काममा अवरोध हुन सक्छ, तथापि परिवारजनको साथले कर्मप्रति उत्साह जगाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य जीवन सुखमय बन्ने योग छ । श्रद्धा र परोपकारमा मन जाला । स्वास्थ्यमा केही कमजोरी अनुभव हुनसक्छ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । विशेष कामको लागि यात्रा गर्दै हुनुहुन्छ भने आजको दिन सुखद परिणामदायी छ ।
वृश्चिक – मिश्रित फलदायी समय छ । बेसुरमा अरूलाई दिएको वचनले अप्ठ्यारोमा पार्न सक्छ, ध्यान राख्नुहोला । पढाइलेखाइमा प्रगति गर्न नसकिने र व्यापारमा समेत सोचेको फाइदा नउठ्ने योग छ । नयाँ काममा हात हाल्न केही समय पर्खनु उचित होला । रसराग तथा मनोरञ्जनात्मक क्रियाकलापप्रति आकर्षण बढ्नेछ । कलात्मक काममा सफलता मिल्नेछ ।
धनु – दीर्घकालीन रूपमा लाभ हुने काममा हात हाल्ने समय छ । तत्कालका लागि भने मौकाको फाइदा उठाउन मुस्किल पर्ला । आजको दिन सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर हुनेछ । तार्किक क्षमता बढ्नेछ भने विशेष सभा–समारोहमा भाग लिने मौका प्राप्तिको योग छ । प्रेमभाव वृद्धि हुनेछ । खेलकूद, भ्रमण जस्ता क्रियाकलापमा आकर्षण बढ्नेछ ।
मकर – सहयोगीहरूले काममा उत्साह जगाउने, रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्न सकिने दिन छ । आफन्तजनको साथ प्राप्त होला । आलस्य नगरी मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुने देखिन्छ । अनावश्यक भ्रमण हुनसक्ने सम्भावना रहेकोले त्यसलाई टार्ने प्रयत्न गर्नु हितकर होला । नियमकानूनले साथ दिनाले दायित्व पूरा गर्नुहुनेछ । साहसिक काममा आकर्षण बढ्नेछ ।
कुम्भ – रुचिका विषयमा लगानी बढाउने समय छ । व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा होला । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने योग छ, तर इष्र्या गर्नेहरूले काममा अवरोध गर्न सक्छन्, सजग रहनुहोला । आरोग्यबल बढ्नेछ । यात्रापरक काम सार्थक बन्नेछ । परिवारिक सथले उत्साह बढाउला ।
मीन – बोलीको प्रभावले प्रतिस्पर्धीलाई पनि पछि पार्न सकिने समय छ । उद्योग र व्यापारमा फाइदा हुने देखिन्छ । महत्वपूर्ण सहयोगको आशा देखाउनेहरूले भने धोका दिन सक्छन्, सचेत रहनुहोस् । व्यावसायिक काममा खर्च बढ्नेछ । चुनौतीका बाबजुद सामथ्र्य वृद्धि होला । मिठो भोजन प्राप्त हुनेछ ।





