काठमाडौं । बिराटनगरस्थित राधाकृष्ण राइस मिल्सले भोटेकोशी बाढी पीडितको लागि सरकारलाई २ लाख १ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको छ । मिल्सका कार्यकारी निर्देशक विभोर अग्रवालका अनुसार त्रिशुली बाढीबाट पीडित भएका परिबारलाई सहयोग गर्न सरकारलाई उक्त रकम उपलब्ध गराइएको हो ।

यो मिल्सले बाढी पीडितलाई राहत वापत २ मेट्रिक टन चामलसमेत विभिन्न सामाजिक संस्थामार्फत उपलब्ध गराएको छ । यो उद्योगले कृष्णभोग प्रिमियम राइस ब्राण्डमा चामल उत्पादन गरी बजारिकरण गर्दैआएको छ ।

मिल्सले यस विपद्का कारण आफन्त, घर तथा जीविकोपार्जन गुमाएका सम्पूर्णप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।साथै, विपद्को समयमा उद्धार, राहत तथा व्यवस्थापनमा निरन्तर खटिएका सरकारी निकाय, सुरक्षा निकाय, उद्धार तथा राहतकर्मी, स्वयंसेवक र स्थानीय समुदायको योगदानप्रति सम्मान व्यक्त गरेको छ ।

तपाईको प्रतिक्रिया