काठमाडौँ । शनिबार दिउँसो ४ बजेसम्म रसुवा बाढीमा परी मृत्यु भएका ६६९ जनाको शव फेला परेको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ६६९ पुगेको हो ।
प्रहरीका अनुसार सबैभन्दा बढी २४८ जनाको शव चितवनमा फेला परेको छ । त्यस्तै, पूर्वी नवलपरासीमा १५८, पश्चिम नवलपरासीमा ७५, धादिङमा ४९, गोरखामा ५४, नुवाकोटमा ४१, तनहुँमा ३१ र रसुवामा १३ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
हालसम्म विभिन्न स्थानबाट २ हजार ३०१ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । यस्तै, बाढीपछि २७ जना प्रहरी सम्पर्कविहीन रहेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।





