मोरङ – झापाको मेचीनगर नगरपालिकाको चिया बगानबाट प्रहरीले ५ सय ५७ किलोग्राम गाँजा बरामद गरेको छ।
कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार शुक्रबार बिहान अस्थायी प्रहरी पोष्ट इँटाभट्टा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले मेचीनगर नगरपालिका–५ स्थित चिया बगानबाट उक्त परिमाणमा गाँजा बरामद गरेको हो।
चिया बगानमा लागुऔषध कारोबार भइरहेको सूचनाका अधारमा प्रहरीले बेवारिसे अवस्थामा रहेका १३ वटा प्लाष्टिकका पोकामा ५ सय ५७ किलोग्राम गाँजा बरामद गरेको कोशी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरिक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए।
उनका अनुसार प्रहरीले गाँजा कारोबारी तथा तस्करको खोजी कार्यलाई तिव्रता दिएको छ।





