मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साताको प्रारम्भमा भाग्यको साथ मिल्नेछ । धर्म कर्ममा रुचि बढ्नेछ । साताको मध्यमा उद्योग व्यापारमा नयाँ कीर्तिमान स्थापित गर्न सक्नुहुनेछ । लगनशीलताले विपरीत परिस्थितिलाई पनि आफ्नो अनुकूल बनाउन सक्नुहुनेछ । साताको अन्तिममा योजना बनाएर कार्य गर्नुहोस् सफलता मिल्नेछ । दाजुभाईमा आत्मीयता बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साताको प्रारम्भमा विवादास्पद मामलाहरूबाट दूरी बनाएर राख्नुहोस् । अरुलाई सल्लाह दिनबाट बच्नुहोला । साताको मध्यमा युवाहरूलाई शिक्षाको क्षेत्रमा नयाँ अवसर मिल्नेछ । दीर्घकालीन सोच राख्नुपर्ने हुन्छ । साताको अन्तिममा प्रेम सम्बन्धलाई विवाहको लागि कुरा राख्न सक्नुहुनेछ । शिक्षाको क्षेत्र फराकिलो बन्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
साताको प्रारम्भमा साझेदारी व्यापारबाट लाभ मिल्नेछ । बुद्धिको उपयोगले अधिकार वा प्रतिष्ठा जोगाउन सफल भइनेछ । साताको मध्यमा उपलब्धिहीन कार्यमा समय व्यतीत हुनेछ । स्वास्थ्यलाई लिएर सावधान रहनुहोला । साताको अन्तिममा अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साताको प्रारम्भमा वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्नेछ । स्वाभिमानको रक्षाको लागि संघर्ष गर्नुपर्ला । साताको मध्यमा दाम्पत्य जीवन सुमधुर रहनेछ । कार्यक्षेत्रमा नयाँ कार्य हात लाग्नेछ । साताको अन्त्यमा कार्य दोहोराएर गर्दा लाभ हुनेछ । अवसरवादीहरूबाट सावधान रहनुहोला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साताको प्रारम्भमा असंयम व्यवहारले समस्या निम्ताउन सक्ला । विद्यार्थी वर्गहरू पठन पाठनमा आलस्य गर्नबाट बच्नुहोला । साताको मध्यमा कृषि वा पशुपालनबाट लाभ आर्जन गर्न सकिनेछ । प्रतियोगी परीक्षामा सफलता मिल्नेछ । साताको अन्तिममा विशिष्ट व्यक्तिहरूसँग भेटघाटले रोकिएका कार्य पुन: प्रारम्भ हुनेछन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
साताको प्रारम्भमा आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछ । कार्य क्षेत्रमा अधिकारी वर्गहरूबाट प्रशंसा पाइएला । साताको मध्यमा गृहणीहरूले गृहकार्यमा कार्य गर्दा हातहतियारको उपयोग सावधानीपूर्वक गर्नुहोस् । अप्रिय समाचारले मन अप्रशन्न रहनेछ । साताको अन्तिममा आफ्नो प्रतिभाले अरुलाई आकर्षित गर्न सकिनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साताको प्रारम्भमा कार्य क्षेत्रमा भाइबहिनीहरूको राम्रो साथ पाइनेछ । नयाँ कार्य प्रारम्भ गर्नको लागि समय अनुकूल रहेको छ । साताको मध्यमा सम्बन्धमा आत्मीयताको कमी आउनेछ । माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । साताको अन्त्यमा पहिलाका कमी कमजोरीलाई सुधार्ने अवसर मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साताको प्रारम्भमा बोलिको माध्यमले कार्य सिद्ध गर्न सकिनेछ । पारिवारिक सद्भावमा कमी आउनेछ । साताको मध्यमा रोकिएका कार्य पुन: प्रारम्भ हुनेछन् । नोकरी वा पेशामा सहयोगीहरूको सहयोग मिल्नेछ । साताको अन्तिममा राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ । आफ्नो कुराहरू प्रभावशाली ढंगले राख्न सक्नुहुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
साताको प्रारम्भमा आफ्नो रुचि अनुसार कार्य गर्नमा सफलता मिल्नेछ । कार्य क्षेत्रमा अधिकारी वर्गहरूको सहयोगले समयमा कार्य सम्पादन गर्नमा सफलता मिल्नेछ । साताको मध्यमा अरुलाई नमागी सल्लाह नदिनुहोस् । वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्न गाह्रो हुनेछ । कार्य क्षेत्रमा सहकर्मीहरूको सहयोग मिल्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
साताको प्रारम्भमा मित्रता वा प्रेमको बन्धन कसिने छ । आफन्तहरूको साथ सहयोग मिल्नेछ । राजनैतिक क्षेत्रमा जनसमर्थन बढ्नेछ । अरुलाई सल्लाह दिनदेखि बच्नुहोस् । साताको मध्यमा विद्यार्थीहरूलाई पठनपाठनमा सफलता मिल्नेछ । स्वास्थ्य क्षेत्रमा र सामाजिक सञ्जालमा काम गर्नेहरू व्यक्तिलाई विशेष सफलता मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
धैर्य र पराक्रममा वृद्धि हुनेछ । लगनशीलताले सफलता मिल्नेछ । कार्य क्षेत्रमा शुभचिन्तकहरूको साथ मिल्नेछ । साताको मध्यमा पुरानो कुराहरूलाई लिएर मनमुटाव रहनेछ । व्यापार व्यवसायमा मित्रहरूको सहयोग मिल्नेछ । ठेकापट्टाको कामबाट राम्रो लाभ प्राप्त गर्न सकिनेछ । दाम्पत्य जीवन सुमधुर रहनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, ची)
साताको प्रारम्भमा सञ्चित धनमा वृद्धि हुनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखार आउनेछ । विद्यार्थीहरूलाई नयाँ कुरा सिख्ने अवसर मिल्नेछ । साताको मध्यमा व्यापार व्यवसायमा आम्दानी बढ्नेछ । घर परिवारमा आफूभन्दा सानाको साथ र सहयोग मिल्नेछ । साताको अन्तिममा अविवाहितहरूलाई विवाहको प्रस्ताव मिल्नेछ ।

तपाईको प्रतिक्रिया