कोकिला ढकाल
इलाम, भदौ २ गते । जिल्ला भलिबल संघ इलामले जिल्लाभरका खेल शिक्षकलाई भलिबल प्रशिक्षण गराउने भएको छ । जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकलाई भलिबल प्रशिक्षण गराउँदा भलिबलका खेलाडी उत्पादन गर्न सहज हुने ठहर गर्दै शिक्षकलाई नै प्रशिक्षण दिन लागेको हो ।
संघले आज पत्रकार सम्मेलन गर्दै आगामी भदौ १० गते देखि १५ गतेसम्म सदरमुकाममा प्रशिक्षण आयोजना गरिएको जानकारी दिएको छ । संघका अध्यक्ष प्रबिन गुुरुङले जिल्लाका सबै पालिकालाई शिक्षक छनौट गरेर पठाउन पत्राचार गरिसकिएको बताउनुुभयो ।
हरेक गाउँपालिकाबाट पाँच जना, नगरपालिकाबाट सात जना, प्याब्सन इलामबाट दश जना र नेपाली सेनाका दुुई गरी ७० जना शिक्षकलाई प्रशिक्षण दिने तयारी गरिएको जानकारी दिनुुभयो ।
संघले कोशी प्रदेशमै पहिलो पटक विद्यालयका शिक्षकका लागि प्रशिक्षण दिन लागेको गुुरुङले बताउनुुभयो । ‘एउटा शिक्षकले लामो समय विद्यालयमा पढाउने भएकाले पनि शिक्षकलाई प्रशिक्षण दिंदा खेलाडी उत्पादनका लागि प्रभावकारी देखिएको छ’ अध्यक्ष गुुरुङले भन्नुुभयो ।







