जनकपुरधाम। धनुषा जिल्ला अदालतले एकै परिवारका ३ जनालाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको छ। दृष्टिबन्धकमा राखिएको जग्गा बैंकमा राखेर चार करोड ठगी गरेको आरोपमा अदालतले पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो।
धनुषाका विभिन्न व्यक्तिले दिएको अनुचित लेनदेन (मिटरब्याज)तथा ठगीसम्बन्धी मुद्दामा जिल्ला प्रहरी कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वर निवासी ५३ वर्षीय गोपाल साह, उनका श्रीमती ४८ वर्षीय रेखा साह र छोरा ३२ वर्षीय हरेराम साहलाई यही साउन १ गते पक्राउ गरेको थियो।







