विराटनगर । कृषि ज्ञान केन्द्र ताप्लेजुङ्ग ले आर्थिक बर्ष २०८२/८३मा कृषि क्षेत्रमा सञ्चालन गरेका चार वटा प्रमुख कार्यक्रमको समग्र भौतिक प्रगति ७०.२२ प्रतिशत भएको कृषि ज्ञान केन्द्रका निमित प्रमुख विजय श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार ती कार्यक्रमका लागि कुल रु २ करोड ४५ लाख ५९ हजार बजेट विनियोजन गरिएकोमा रु। १ करोड ३८ लाख ७४ हजार १०० खर्च भएको छ । यो कुल बजेटको ५६.५ प्रतिशत भएको उहाँले बताउनुभयो । उपलब्ध प्रगति विवरणअनुसार कृषि ज्ञान केन्द्र, कृषि विकास कार्यक्रम, राष्ट्रिय कृषि अनुसन्धानसम्बन्धी कार्यक्रम तथा सिँचाइ आधुनिकीकरण आयोजना समेटिएका छन्।

कृषि ज्ञान केन्द्रका लागि रु १ करोड ९ लाख २६ हजार बजेट विनियोजन भएकामा रु ६२ लाख ५७ हजार खर्च भएको छ। केन्द्रको भौतिक प्रगति ६३.८१ प्रतिशत र वित्तीय प्रगति ५७.२७ प्रतिशत रहेको छ । त कृषि विकास कार्यक्रमका लागि रु ६८ लाख २ हजार विनियोजन गरिएकोमा रु ५४ लाख २९ हजार ६ सय खर्च भएको छ । यसको भौतिक प्रगति ९०.२५ प्रतिशत र वित्तीय प्रगति करिब ७६.४५ प्रतिशत पुगेको छ।

राष्ट्रिय कृषि अनुसन्धानसम्बन्धी कार्यक्रमका लागि विनियोजित रु १० लाख १० हजारमध्ये रु ९ लाख ८० हजार खर्च भएको छ । उक्त कार्यक्रमको भौतिक प्रगति शतप्रतिशत र वित्तीय प्रगति ९७.३ प्रतिशत रहेको छ।

सिँचाइ आधुनिकीकरण आयोजनामा रु १५ लाख २१ हजार बजेट विनियोजन भएकामा रु १२ लाख ७ हजार ५०० लभन्दा बढी खर्च भएको छ। आयोजनाको भौतिक प्रगति २६.१८ प्रतिशत र वित्तीय प्रगति करिब २१.८७ प्रतिशत मात्र छ ।

तपाईको प्रतिक्रिया