काठमाडौं। अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको । विवरणअनुसार यो अवधिमा कम्पनीको खुद नाफा अघिल्लो वर्षको तुलनामा झन्डै शतप्रतिशत बढेको हो।

कम्पनीले गत असारसम्म२० करोड ८७ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको ११ करोड ३२ लाख ३ हजार रुपैयाँको तुलनामा निकै उत्साहजनक वृद्धि हो।

विद्युत बिक्रीबाट हुने आम्दानीमा भएको बढोत्तरील नाफा बढाउन सघाएको हो। समीक्षा अवधिमा कम्पनीले विद्युत बिक्रीमार्फत ७३ करोड ८२ लाख ८६ हजार रुपैयाँ आम्दानी गरेको छ जबकि अघिल्लो वर्ष यस्तो आम्दानी ७२ करोड ४० लाख ५३ हजार रुपैयाँ मात्र सीमित रहेको थियो।

अघिल्लो वर्ष ३ करोड ७० लाख ४१ हजार रहेको कम्पनीको जगेडा कोष यो वर्ष बढेर २५ करोड ६७ लाख ५५ हजार रुपैयाँ पुगेको छ। १ अर्ब ३५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको प्रतिसेयर आम्दानी १५.४६ पैसा कायम भएको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ पनि सुधारिएर ११९.०२ रुपैयाँ पुगेको छ।

तपाईको प्रतिक्रिया