- – ज्याे. पं. तुलसी भारद्वाज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सेवाग्राही र वरिष्ठ कर्मचारी खुसी हुनेछन् । स्थिर प्रयोजनका क्षेत्रमा धन लगानी गर्न सकिनेछ । पुराना सहकर्मीसँगको भेटघाटले मन ताजा बनाउनेछ । सकारात्मक सोचका साथ दृढ इच्छाशक्तिले काम गर्नुहोस् । नयाँ जिम्मेवारी वा दायित्व वहन गर्ने अवसर मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
व्यवस्थापन पक्ष र सहयोगीबीच राम्रो तालमेल हुनेछ । नयाँ प्रविधिको प्रयोगले उत्पादन बढाउन सकिनेछ । काममा मिहिनेत गर्नुपर्नेछ । जीवन साथीसँग केही असमझदारी भए पनि ज्येष्ठ व्यक्तिबाट सहयोग र सद्भाव मिल्नेछ । परीक्षाको तयारी गर्दै हुनुहुन्छ भने राम्रो परिणाम प्राप्त हुन सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समस्याभन्दा समाधान खोज्न ध्यान दिनुहोस् । प्रयास गरेमा आम्दानीका नयाँ मार्ग खुल्नेछन् । भाग्यले अपेक्षा नगरेको उपलब्धि समेत दिलाउन सक्छ । विदेशी परियोजनामा काम गर्ने अवसर मिल्न सक्छ । छोटो यात्राले सम्बन्धमा आत्मीयता बढाउनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पद तथा प्रतिष्ठामा वृद्धि हुनेछ । धनवैभव जुटाउने अवसर मिल्नेछ । पुरानो बाँकी बक्यौता उठाउने प्रयास गर्नुहोस्, गुमेको धन समेत हात पर्न सक्छ । चिन्ता र शङ्काले सताउन सक्छ, त्यसैले आध्यात्मिक गतिविधि वा एकान्तमा समय बिताउनु राम्रो हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सुख सुविधा प्रति आकर्षण बढ्नेछ । पढाइमा ध्यान दिन सके राम्रो उपलब्धि हासिल हुनेछ । घुमघाम तथा मनोरञ्जनको योजना बन्न सक्छ । नयाँ कामतर्फ अग्रसर भइनेछ । आफन्त तथा घर परिवारका लागि समय छुट्याउनु राम्रो हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रतिष्ठाका लागि प्रतिस्पर्धा गर्नुपर्ने दिन हो । अनावश्यक तर्क वा बहस हुन सक्ने भएकाले बोलीमा संयम अपनाउनुहोस् । परिवार वा सहकर्मीले कुरा नबुझ्दा दिक्क लाग्न सक्छ । रिस, आवेग र शङ्कालाई नियन्त्रण गर्नु हितकर हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ कारोबारप्रति आकर्षण बढ्नेछ । बुद्धि र रणनीतिको प्रयोगले लक्ष्य हासिल गर्न सकिनेछ । प्रेम, खुसी र सद्भाव कायम रहनेछ । छोराछोरी वा कनिष्ठ नातेदारबाट प्रसन्नता मिल्नेछ । आजको मिहिनेतले भविष्यमा विशेष अवसर दिलाउन सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
भौतिक सुविधा बढाउन खर्च बढ्नेछ । मनोरञ्जनमा अलमलिँदा काममा ढिलाइ हुन सक्छ । पार्टनरलाई पर्याप्त समय दिन नसक्दा नरमाइलो लाग्न सक्छ । लगनशील भएर काम गरे पद, प्रतिष्ठा र सम्पत्तिमा सुधार आउनेछ । प्रशासनिक समस्या भए प्रयासबाट समाधान हुन सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मित्रसँग रमाउँदा पार्टनरलाई पर्याप्त समय दिन नसकिने अवस्था आउन सक्छ । बुद्धि र क्षमताको प्रयोगले महत्त्वपूर्ण काम सफल हुनेछ । सन्तान वा भाइबहिनीका लागि खर्च गर्नुपर्नेछ । कारोबारमा मन्दी भए थप मिहिनेत गर्नुहोस्, अवसर र आम्दानी दुवै बढ्न सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सुख सुविधाका सामाग्री खरिद गर्दा खर्च बढ्नेछ । अध्ययनमा रुचि बढ्ने र व्यक्तित्व विकासको अवसर मिल्नेछ । मिहिनेतले प्रतिस्पर्धामा अग्रणी बन्न सकिनेछ । आम्दानी बढ्ने तथा उठ्नुपर्ने रकम हात लाग्नेछ । लगानी गर्दा अनुभवीको सुझाव लिनु राम्रो हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आत्मबल र जोस जाँगर बढ्नेछ । घरायसी काम समयमै सम्पन्न हुनेछ । पति पत्नी बीच आत्मीयता बढ्ने तथा घुमफिरको अवसर मिल्नेछ । अरूको चिन्ता नगरी आफ्ना कमजोरी सुधारमा ध्यान दिनुहोस् । निर्णय क्षमता र व्यवस्थापकीय कौशलले सफलता दिलाउनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सम्बन्धमा एकअर्काका कमजोरी खोतल्नुको सट्टा समर्पण र समझदारी कायम गर्नुहोस् । बोलीमा संयम नअपनाउँदा विवाद हुन सक्छ । तरल पदार्थ, खाद्य सामाग्री, सौन्दर्य प्रसाधन तथा फलफूल तरकारीको कारोबारमा लाभ हुने दिन छ ।

तपाईको प्रतिक्रिया