सिराहा । सिराहामा प्रहरीले करिब ४ ग्राम ५६ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोलबजार नगरपालिका ६ बस्ने २३ वर्षीय जय कुमार नायक रहेका छन् ।
इलाका प्रहरी कार्यालय गोलबजारसहितबाट खटिएको प्रहरी टोलीले शनिबार राति गोलबजार नगरपालिका ८ पुरानो चौहर्वाबाट नायकलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
प्रहरीका अनुसार बरामद पदार्थ ब्राउनसुगरजस्तो देखिने रहेको छ । नायकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







