काठमाडौं। स्थलगत अनुगमनका क्रममा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गोकर्णेश्वर नगरपालिका–४ गोकर्णमा रहेको हरि एन्ड लक्ष्मण इन्टरप्राइजेजलाई २० हजार जरिवाना गरेको छ।

खरिद बिल बिजक नराखेको पाइएकाले उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम उक्त फर्मलाई जरिवाना गरिएको विभागले जनाएको छ।

मध्यपुर ठिमीमा रहेको जयसवाल ग्यास र बागबजारमा रहेको पोखरेली ग्यास सप्लायर्सलाई वितरण भएको खाना पकाउने ग्यासको अभिलेख राख्न र सामानुपातिक रूपमा वितरण गर्न निर्देशन दिइएको छ। यस्तै, ग्यासको कृत्रिम अभाव हुने कार्य नगर्न, नगराउन निर्देशन दिइएको छ।

विभागले मंगलबार काठमाडौँ उपत्यकाका ११ वटा फर्ममा अनुगमन गरेको थियो। व्यवसायसँग सम्बन्धित दर्ता कागजात, प्यान, भ्याट तथा व्यवसाय नवीकरणलगायतका बिल बिजकसहितका कागजात दुरुस्त राख्न विभागले ध्यानाकर्षण गराएको छ।

यस्तै, मालसामान खरिद–बिक्री गर्दा अनिवार्य बिल बिजक राख्न लेबलसहितको सामानको मात्र खरिद बिक्री गर्न, सरकारले तोकेको मापदण्ड पालना गरी व्यवसाय गर्न आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया